एमालेबाट झापामा धमाधम उम्मेदवार सिफारिस
Published: (Updated: )
by .बिर्तामोड । आसन्न मंसिर ४ को प्रदेस र प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एमालेले उम्मेदवार सिफारिस गर्न थालेको छ ।
भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न पार्टी केन्द्रको निर्देशन बमोजिम उम्मेदवार सिफारिस सुरु गरिएको हो ।
झापा क्षेत्र नम्बर २ (क) को लागि ४ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटी बैठकले एकराज कार्की, बद्री भट्टराई,रोमणी भट्टराई र चन्द्रा सेडाईको नाम सिफारिस भएको छ ।
यस्तै, क्षेत्र नम्बर २(ख) मा हरिकुमार राना,चिन्तन पाठक, रोहित ढकाल,देवीमाया भट्टराई सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ३ (क) मा वसन्त बानिया, हरि तिम्सिना, चन्द्रा श्रेष्ठ, (ख) मा हरि राजबन्शी,सोमनाथ पोर्तेल,लक्ष्मण पाठक, छवि चुडाल, जीवन श्रेष्ठ, धनकेश्वर बस्नेत र ललिता बस्नेतको नाम सिफारिस गरिएको छ ।
यसैगरी, झापा क्षेत्र १ (ख) बाट घनश्याम अधिकारीको नाम सिफरिस भएको जनाइएको छ । क्षेत्र नं. १ (क) मा आज भएको छलफलमा १८ जना आकांक्षी देखिएका छन् ।
नेकपा एमाले, प्रदेश समन्वय कमिटी, प्रदेश १ (क) का संयोजक भुपाल शिवाकोटीको अध्यक्षतामा बसेको बैठकमा प्रदेशसभा सदस्यका लागि १८ जनाको उम्मेद्वारी दर्ता भएको हो । नाम दर्ता गराउने सबैलाई भोलि दिनको १ बजे क्षेत्रीय पार्टी कार्यालयमा उपस्थित भई छलफल गरी तोकिएको संख्यामा नाम पठाउने बताइएको छ ।
उम्मेद्वारी दर्ता गर्नेहरुमा रामप्रसाद ओली, शान्तिप्रसाद सापकोटा, देवकुमार राई, मोहनप्रकाश उप्रेती, निलकण्ठ तिवारी, कृष्ण कनाल, बिष्णु सुवेदी, शोभा खवास, प्रेमकुमारी भट्टराई, बन्धनकुमार मुण्डा, चन्द्र प्रसाईं, रमा भण्डारी, राजु कार्की, इन्द्रप्रसाद बाँस्कोटा, रामचन्द्र उप्रेती, खेमराज पोख्रेल ९राजु०, निर्मला गौतम र भुपाल ओली रहेका छन् ।
झापा क्षेत्र नं. ५ क बाट हिक्मत कार्कीको नाम सिफरिस भएको जानकारी पाइएको छ ।
Comments