जीविको कृषि सहकारीको सधारणसभा ५ लाख बढी नाफा
Published: (Updated: )
by .मेचीनगर । मेचीनगर ७ स्थित जीविको कृषि सहकारी संस्था लि झापाले वितेको आर्थिक वर्ष २०७४/ ०७५ मा ५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
संस्थाको शनिबार सम्पन्न ११ औँ वार्षिक साधारणसभाका अवसर अध्यक्ष राजनकुमार गिरीले सञ्चालक समितिकातर्फबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा त्यो वर्ष संस्थाले कर कट्टी गरी ५ लाख १५ हजार ५ सय ४७ रुपैयाँ खुद नाफा गरेको उल्लेख छ ।
४६ लाख ७ हजार ३ सय रुपैयाँ शेयर पूजी, २ करोड ९३ लाख ७३ हजार ८ सय ९९ रुपैयाँ बचत, २ लाख २६ हजार ४ सय १० रुपैयाँनगद मौज्दात तथा ७७ लाख ८३ हजार ८ सय ३६ रुपैयाँ बैंक मौज्दात रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सहकारी सञ्चालकहरुले सहकारीका मुल्यमान्यता र सिदान्त विर्सेर अघि बढे निक्षेपकर्ताको रकम जोखिममा पर्ने हुदाँ त्यसमा गम्भीर हुन सञ्चालकलाई आग्रह गरे । ऋण लगानीमा समेत सहकारीले बेलैमा होस पुर्याउनु पर्ने उनको भनाई थियो ।
ऋण लगानीमा संस्थामा बेलैमा होस नपुर्याउने हो भने संकट पर्ने भन्र्दै उहाँले आफ्न्त इष्टमित्र भन्दापनि संस्थाले दिएको ऋण कस्तो ठाउँमा लगानी गरेको छ, उस्को आम्दानीको स्रोत के छ लगायतका विषयमा शुरुमै ध्यान दिन नगर प्रमुख आचार्यले सहकारी सञ्चालकहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष पुष्पराज पौडेल, वर्ष उत्कृष्ट कर्मचारीका रुपमा व्यवस्थापक गीताओझा, उत्कृष्ट बचतकर्ता चन्द्रबहादुर तामागं, धर्मराज भट्टराई, उत्कृष्ट ऋणी किरण तामाङलाई प्रमुख अतिथि आचार्यले नगदसहित सम्मान गरेका थिए ।
संस्थाकाअध्यक्ष राजनकुमार गिरीको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष पौडेल महालक्ष्मी कृषि सहकारी संस्था सञ्चालक सदस्य मञ्जु खनाल लगायतले बोलेका थिए । विष्णुकुमार पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्था का.उपाध्यक्ष धर्मानन्द खनालले गरेका थिए ।
Comments