Sajhamanch Archive

शिवसताक्षीका जनप्रतिनिधिलाई विपद् व्यवस्थापन सम्बन्धि तालिम

Published: in समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षीमा विपत जोखिम व्यवथापन स्थानीयकरण निर्देशिका सम्बन्धी दुई दिवशिय तालिमको आज समापन गरिएको छ । संघीय मामिला सामान्य प्रसाशन मन्त्रालयको आयोजनामा शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिलाई दिइएकोे तालिमको आज समापन गरिएको हो ।

तालिममा दैविक विपत र विकास गर्ने क्रममा विकासले निम्त्याएको विनासको विषयमालाई कसरी न्यूकिरण गर्न सकिन्छ भन्ने विषय उठान गरिएको थियो ।

विकास सँग सँगै विनास हुने भएकाले त्यसको दीर्घकालिन समाधान हेरेर मात्र विकासका योजनाहरु अघि सार्नु पर्ने तालिमका सहजकर्ता मोहन गौतमले बताए । स्थानीय निकायले विपद् व्यवस्थापनका लागि गर्नु पर्ने तयारी, त्यसमा लाग्ने आवश्यक सामाग्रीहरुको व्यवस्थापन, विपत व्यवस्थापनमा काम गर्ने संस्थाहरुलाई कसरी एकै ठाउँमा ल्याएर समस्याको समाधान गर्ने विषयमा छलफल गरिएको समेत गौतमले जानकारी दिए ।

शिवसताक्षी नगरपालिका जनप्रतिनिधिहरुले विपद् व्यवस्थापन सँग सम्बन्धी जिज्ञासा राखेका थिए ।कार्यक्रममा लुत्थुङका कार्यक्रम संयोजक मोहन गौतम र कानेपोखरी गाउँपालिकाका अधिकृत गोविन्द फुयेलले सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *