मधेस प्रदेशका ३२ मध्ये आधा सिट नपाए गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी
Published:
by .काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीले मधेस प्रदेशका ३२ मध्ये कम्तीमा आधा सिट नपाए गठबन्धनबाट बाहिरिने भएको छ । अध्यक्ष उपेन्द्र यादवले कार्यदलमा रहेका सदस्यहरूमार्फत गठबन्धनका शीर्ष नेतृत्वलाई समग्र तराईमा २० सिट र पहाड तथा सहरमा समेत गरी २५ सिटको माग गरेका छन् ।
यादवले बुधबार वीरगञ्जको एउटा कार्यक्रममा पनि सम्मानजनक सीट बाँडफाँट नभए एक्लै चुनाव लड्ने भन्दै त्यसको लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गरेका थिए । कार्यदलमा रहेका जसपाका नेताहरू रामसहाय यादव र रकम चेम्जोङले पनि पार्टीको बटमलाइन सुनाएका छन् ।
कबति तचबमष्लन।नष।उबनभकउभभम।अभ ।श्अच्गग्प्बभग्त्
जसपाले मधेसमा एक्लै लड्दा पनि १२ सिट जित्ने भन्दै गठबन्धनमा त्यो भन्दा तल झरेर सिट लिँदा समानुपातिक मत पनि घट्ने र उम्मेदवारका आकांक्षी नेताहरु एमाले तथा अन्य पार्टीमा गएर चुनाव लड्ने खतरा उपेन्द्रले संकेत गरेका छन् । उनले स्थानीय चुनावको आँकडा समेत पेस गर्दै मधेसमा आफ्नो पार्टी कांग्रेस एमालेको हाराहारीमा रहेको बताएका छन् ।
अष्तथ
जसपाले मधेस प्रदेशमा कम्तिमा १५ सिट दाबी गरेको छ । त्यस्तै प्रदेश १ को मोरङ, सुनसरी र धनकुटामा एक(एक सिट दाबी गरेको छ । वागमतीको काठमाडौंमा एक सीट जसपाको दाबी छ भने लुम्बिनीको पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा एक(एक सिट दाबी गरेको छ । जसपाले गण्डकी र कणरलीमा प्रतिनिधिसभातर्फ सिट दाबी छैन ।
Comments