Sajhamanch Archive

प्याब्सनको नियमित प्रतियोगितात्मक कार्यक्रम

Published: in शिक्षा, समाज by .

कमल । निजी तथा आवासिय विध्यालय संगठन (प्याब्सन) झापाले आफ्ना विभिन्न गतिविधी सुरु गरेको छ ।

कोभिड १९ का कारण दुई वर्ष देखी गतिविधी विहीन अवस्थामा रहेको प्याब्सनले विहिवार देखी अन्तर विध्यालय स्थतरिय विभिन्न अतिरिक्त क्रियाकलाप सुरु गरेको हो ।

प्याब्सन कमलको आयोजनामा गाउँपालिका भित्र रहेका अन्तरविध्यालयहरु बिच अतिरक्त क्रियाकलाप प्रतियोगिता सुरु गरेको हो ।

कमल गाउँपालिका ५ स्थित स्टार वोडिङ्ग स्कुलको प्राङ्गणमा व्याब्सन कमलका अध्यक्ष बदिराम राईको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले गरेकी थिइन् ।

कार्यक्रममा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, प्याब्सन झापाका अध्यक्ष गौरिमान फागो, वरिष्ठ उपाध्यक्ष छत्र कार्की, सचिव हरिकृष्ण पाठक, शिक्षक महासंघ कमलका अध्यक्ष हिम प्रसाद दाहाल, मंगलमय माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कोहन कुमार बगाले, कमल ५ की महिला वडा सदस्य चन्द्रकला सुब्बालगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा प्राथमिकतर्फ हाजिरी जवाफ र चित्रकला, निम्न माध्यमिक तर्फ हाजिरी जवाफ, श्रुतिलेखन , निबन्ध र चित्रकला तथा माध्यमिक तर्फ निवन्ध , वक्तृत्वकला कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा श्रुतीलेखन तर्फ प्रथम निस्चल बराल (लालिमा), द्वितीय दिप्शन संग्रौला (साउथपोल),विनम्र सुवेदी (निहारीका ) ,युनिश डाँगी (सरस्वती) र एलिमन लिम्बु (फोनिक्स) तृतीय भएका छन् ।

अग्रजी कविता छात्रातर्फ प्रथम निक चेम्जोङ्ग (पाथिभरा), द्वतिय मोनिका पौडेल (स्टार)र तृतिय शोभा राई(लालिमा) त्यसैगरी छात्र तर्फ प्रथम रुपेस नेपाल(फोनिक्स) द्वतिय सुनिल कट्टेल र तृतिय यज्ञ प्रकास शाहा (स्टार) भएको आयोजकले जनाएको छ ।

कमल गाउँपालिकामा रहेका सस्थागत विद्यालयहरु मध्ये १४ वटा विद्यालयले कार्यक्रममा सहभागीता जनाएका थिए ।
कार्यक्रम व्याब्सन कमलका सचिव दिपक संग्रौलाले सन्चालन गरेका थिए भने कार्यक्रम संयोजक विजयसेन थापाले शाब्दिक शब्द द्वारा सुभकामना मन्तव्य राख्नु राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *