राष्ट्रसेवक सहकारीले १६ लाख बढी नाफा कमायो
Published: (Updated: )
by .भद्रपुर । राष्ट्रसेवक सहकारी संस्था लि.भद्रपुर झापाको १९ औं वार्षिक साधाराण सभा चन्द्रगढीको विरेन्द्र माविको सभाहलमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको सभापतित्व तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले सस्थामा ८ सय १४ जना शेयर सदस्य रहेको जानकारी गराए ।
उनले सहकारीको आ.व. ०७४।०७५ को असार मसान्त सम्ममा १ करोड ५१ लाख ५४ हजार शेयर पुँजी रहेको बार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनका अनुुसार संस्थाले ७ करोड ७३ लाख २८ हजार ८ सय ५२ रुपैयाँ को आर्थिक कारोवार गर्दै १६ लाख ३ हजार ४ सय ५३ रुपैयाँ नाफा कमाउन सफल भएका हो ।
कार्यक्रममा निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल ,जिल्ला समन्वयन समिति झापाकी उप प्रमुख मिना पराजुली घिमिरे ,भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ ,कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष भुवन राई ,जिल्ला सहकारी संघका सदस्य गिता कुंवर लगाएतले मन्तव्य राखेका थिए । संस्थाका सचिव शेषराज पौडेलको संचालन तथा उपाध्यक्ष डिल्ली ढकालले स्वागत मन्तव्य राखेका थिए ।
Comments