महिलाहरुलाई आत्मनिर्भर बनाउन, शिवसताक्षीको शिवगञ्जमा सिलाई कटाई तालिम सुरु
Published: (Updated: )
by .शिवसताक्षी । एकल,दलित विपन्न र बेरोजगार महिलाहरुलाई लक्षित गरेर झापाको शिवगञ्जमा सिलाई कटाई तालिम आजबाट सुरु भएको छ।
महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सीप विकास तालिम केन्द्र भद्रपुर र गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले संयुक्त आयोजनमा तालिम दिइने भएको हो ।
तालिमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगहाङ्ग थोप्रा (रोषन) र उपप्रमुख नरमाया कार्कीले संयुक्त रुपमा दीप प्रज्ज्वल गरि उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले तालिममा सहभागी महिलाहरुलाई सीप सिकेर आत्मनिर्भर बन्न सुझाएका थिए । महिलाहरु पनि पुरुष सरह आत्मनिर्भर बन्दै उद्यमी बन्नुहोस उनले भने, आफुसँग सीप भएपछि नगरपालिकालेल पनि त्यसको कदर गर्ने छ ।
तालिममा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का १५ जना लक्षित समुदायका महिला सहभागी रहेका छन् । । तालिम ३ सय ९० घन्टा सम्म संचालन हुने आयोजक गोपाल गौरी दिगो बिकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष ईन्दिरा गौतमले जानकारी दिइन् ।
कार्यक्रमको सञ्चालन गौरी दिगो विकास प्रतिष्ठान झापाका अध्यक्ष भद्रदुमी राईले गरेका थिए भने स्वागत निर्मला प्रधानले गरेकी थिइन् ।
Comments