Sajhamanch Archive

शिवसताक्षीमा भूमि अधिकार तथा श्रमिक संगठन नेपाल नगर कमिटी गठन

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा भूमि अधिकार तथा श्रमिक संगठन नेपाल नगर कमिटी गठन भएको छ । भोलाले क्षितिज लक्समको अध्यक्षतामा ३१ सदस्तय कार्य समिति गठन भएको हो ।

जसको उपाध्यक्ष द्वयमा चुढामणी बुढाथोकी, रेखा माझी, सचिवमा विद्यानाथ अधिकारी उपसचिवमा प्रेमप्रसाद खनाल र कोषाध्यक्षमा चन्दकला सापकोटा रहेका छन् । संस्थाको विधानमा ५१ जना सदस्य रहेपनि आज ३१ सदस्य गठन भएको हो । बाँकी अन्य सदस्यहरुलाई नयाँ कार्यसमितिले चयन गर्ने बताइएको छ । सर्वसम्मत चयनभएका पदाधिकारीहरुलाई भूमि अधिकार तथ श्रमिक संगठन नेपालका केन्द्रीय सदस्यय तथा प्रदेश नं. १ का सह इन्चार्ज राजेन्द्रकमार खड्काले सपथग्रहण गराएका थिए ।

अधिवेशनको उद्घाटन झापा क्षेत्र नंं ४ का माननीय एलपी साँवा लिम्बुले गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले सुकम्बासी समस्या समाधान र धनि पुर्जा लिनका लागि यस कार्यसमितिले सम्बन्धित निकायमा भूमिका खेल्ने बताए । संस्थाले सुकुम्बासीलाई धनीपूर्जा प्राप्त गर्नका ( निमित्त सम्बन्धित निकायसँग संस्थागत हिसाबले लड्ट समेत काम गर्ने उनको भनाई थियो ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोषन)ले धनिपूर्जा वितरणका लागि बनेको यस अघिको आयोगले गरेको कामलाई नै निन्तरता दिदै जग्गाको नाव जोख गरी आएको वडाहरुको विवरण अनलाईन गरी धनि पूर्जा बन्ने क्रममा रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर सचिव कमल नेपाल, भूमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, पूर्व जिल्ला अध्यक्ष लिलाबहादुर कन्दङवा लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्था जिल्ला अध्यक्ष गोलसिंह ताजपुरियाको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन नारायण भट्टराईले गरेका थिए भने स्वागत विद्यानाथ अधिकारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *