Sajhamanch Archive

शिवसताक्षी नगर गौरवको आयोजनाः झिलझिले बसपार्क निर्माणको काममा तिब्रता

Published: (Updated: ) in समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको झिलझिले बस पार्क निर्माणका काम तिब्र गतिमा भइरहेको छ ।

शिवसताक्षी नगरपालिकाले बस पार्कमा व्यपारिक प्रयोजनका लागि निर्माण गरिएको भवन आगामी कार्तिक महिनासम्म सम्पन्न गर्ने गरी निर्माणका कामलाई तिब्रता दिएको हो ।

व्यापारिक भवनको निर्माण सकिए लत्ततै बस पार्कमा जाने बाटो,  माटो फिलिङ र  अन्य आवश्यक निर्माण कार्य गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

उक्त भवनमा ३० वटा व्यापारिक प्रयोजनका लागि सहटर निर्माण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत अमृत बहादुर राईले जानकारी दिए । उनले व्यापारिक भवनका लागि नगरपालिकाले यस अघि बनाएको डिपिआर केही त्रुटी देखिएकाले त्यसलाई परिमार्जन गरी तीन तलासम्म भवन निर्माण गर्न सकिने गरी काम गरिएको जानकारी दिए ।

हाल उक्त भवनको छत ढलान कार्य भइरहेको छ। छत ढलानका क्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, इन्जिनियर कृष्ण राई, राम खतिवडा लगायतले उक्त भवनको अवलोकन गरेका छन् ।

भवनको डिपिआरमा केही प्राविधिक  विषयहरु छुटेकाले त्यसलाई सुधार गरी मापदण्ड अनुसार नै भवन निर्माण भइरहेको उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । उनले नगर गौरवको आयोजना र नगरपालिकालाई आम्दानीको स्रोत हुने भएकाले पनि यसलाई विशेष प्राथमिकतामा राखेर काम गरेके बताइन्  ।

जम्मा दुई ओटा भवन निर्माणाधिन अवस्थामा छन् । उक्त भवन  १ .करोड ११ लाख ९० हजार ७४८ (भ्याट सहित) मा लालीगुराँस निर्माण सेवाले ठेक्का पाएको हो ।

बसपार्कको भवन निर्माण भएसँगै शिवसताक्षीको झिलझिले बजारमा ठुला व्यवसायीहरु भित्रिने र आन्तरिक तथा वाह्यि पर्यटकको विकास टेवा पुग्ने देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *