Sajhamanch Archive

कमलमा बाल दिवसका अवसरमा एकल नृत्य र निबन्ध लेखन प्रतियोगिता

Published: in शिक्षा, समाज by .

कमल । आज देशभर विभिन्न कार्यक्रम गरि ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ ।

यसै क्रममा कमल गाउँपालिकाले समेत “वालमैत्री समाजको आधार, जिम्वेर परिवार उत्तरदाई सरकार” भन्ने नाराका साथ निबन्ध लेखन तथा वडा स्तरिय एकल गायन प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको थियो ।

“ बालबालिकाको सर्वाङ्गिण विकासमा बालमैत्री विध्यालयको आवश्यकता ” विषयमा लेखिएको निबन्ध प्रतियोगितामा प्रथम महेन्द्ररत्न माध्यमिक विद्यालय कमल २ की छात्रा गोमा श्रेष्ठ द्वितीय ज्योति माध्यमिक विध्यालय कमल २ की छात्रा युनिशा दंगाल र तृतिय नरेन्द्र जनता माध्यकिम विद्यालय कमल १ की छात्रा सन्तोषी श्रेष्ठ भएकी महिला तथा वालवालिका शाखा प्रमुख रेनुका गौतमले जानकारी दिइन् ।

त्यसैगरी वडा स्तरिय एकल गायनतर्फ प्रथम वडा नम्वर ४ का अनन्त मिश्र, द्वितीय, वडा नम्वर २ की विशिका निरौला तृतीय, वडा नम्वर ७ की कृतिशा भण्डारी र सान्तवना पुरस्कार प्राप्त गरेका छन् ।

बालवालिकाको हक ,अधिकार सुनिश्चित गर्नकालागी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानको अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । उनले गाउँपालिकालाई बालमैत्री शासन युक्त गाउँपालिक घोषण गर्दै गर्दा कमल गाउँपालिका भित्र कोहि बालकालिका बालशोषणमा परेको कसैले थाहा पाउनु भएको छने भने गाउँपालिकामा जानकारी गराउन समेत आग्रह गरे ।

बालबालिकाको मनोभावना र अध्ययनशिलता लगायतका विषयमा ध्यानदिन आवश्यक छ । बालअधिकारका सुचकलाई अक्षराँस पालना गर्दै प्रविधियुक्त गर्दै जान आवश्यक छ । यसका साथै बालमैत्री गाउँपालिका घोषणकालागी आवश्यक पर्ने सम्पुर्ण सुचक पुरा गरेमात्र गाउँपाालिका सफलहुने उपाध्यक्ष प्रमिला न्यौपानेले बताए ।

कमल गाउँ बाल सञ्जालका अध्यक्ष विनोद थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपान, स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्याल, विद्यालयका प्रध्यानध्यापक, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम वाल सञ्जालकी सचिव रन्जना बस्नेतले सञ्चालन गरेकी थिइन् भने, उपाध्यक्ष अग्रीता पराजुलीले शाब्दिक शब्द द्वारा स्वागत गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *