अब माइक्राे चालकलाई पनि ज्याकेट
Published:
by .काठमाडौं । राजधानीमा चल्ने माइक्रोबसका चालक तथा सहचालकले पनि फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले पोसाक लागाउनुपर्ने निर्णय गरेका हुन्। मंसिर १ गतेदेखि माइक्रोबसका चालकले सुन्तला र सहचालकले हरियो संगको ज्याकेट लगाउनु पर्नेछ।
महाशाखाकै पहलमा राजधानीमा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरिएको छ।
कान्तिपुर दैनिकबाट ।
Comments