शिवसताक्षीमा भएको निशुल्क स्वास्थ्य शिविरमा ५९१ जनाले सेवा लिए
Published:
by .कमल । झापाको शिवसताक्षी नगरपालिकामा एक दिने निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।
होटल व्यावसायी संघ दमकको आयोजना तथा लाईफलाईन अस्पताल दमक र दृष्टि आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा नगरपालिकाको वडा नम्वर ३ मा एक दिने नि शुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।
नगरपालिकाको वडा ३ स्थित पारावारी बजारमा संचालित स्वास्थ्य शिविरको नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन )ले उद्घाटन गरेका हुन् ।
पछिल्लो समय विभिन्न प्रकारका रोगका कारण गाउँमा समेत विरामी हुने क्रम बढी रहेका बेला होटल व्यवसाय संघ दमकले स्वास्थ्य शिविर आयोजना गरेर नगरवासीलाई स्वास्थ्य परीक्षण गरेकोमा नगरप्रमुख थोप्राले धन्यवाद दिए । मानवको स्वास्थ्य जस्तो सम्वेनशिलतालाई मध्यनजर राख्दै आम नागरिकको पहुँच पुग्ने गरी स्थानीय स्तरमै यसरी सेवा दिदाँ बढी प्रभावकारी हुने उनको भनाई थियो ।
शिवरिमा फिजिसियन डाक्टर केशर बहादुर गुरुङ्ग , हाडजोर्नी डाक्टर मनोज शाह , महिलारोग विशेषज्ञ डाक्टर राजेश्वर प्रसाद शाह, डेन्टर सर्जन डाक्टर एलिना मिश्र लगायतको विशेषज्ञ टोली विरामीको उपचार गरिएको लाईफलाईन अस्पताल दमकका स्वास्थ्य शिविर संयोजक डम्वर मोतेले जानकारी दिए ।
शिविरमा कान र आँखाका ३ सय ६ जना हाडजोर्नी स्त्रीरोग, फिजिसियन र दाँतका २ सय ८५ जना गरी जम्मा ५ सय ९१ जनाले सेवा लिएको आयोजक होटल व्यवसायी संघ दमकले जनाएको छ ।
Comments