Sajhamanch Archive

शिवसताक्षी नगरपालिका एक्सनमाः अनाधिकृत रुपमा बनेका सडक अतिक्रमण हटाउने

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले सडक अतिक्रमण गरी पैदल यात्रीलाई हिडडुल गर्न समस्या भएको भन्दै सडक अतिक्रमण हटाउने भएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगर भित्रका सडकहरुमा छाप्रा, टहरा सडक किनारामा राखिएका निर्माण सामाग्रीहरु हटाई दिन आग्रह गरेको हो ।

शिवसताक्षी नगरपालिकाले सुन्दर नगर निर्माण गर्ने उद्देश्यका साथ पहिलो चरणमा सडक अतिक्रमण हटाउन सुरु गर्ने नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोषन)ले जानकारी दिए । हाम्रो नगर उज्यालो सहर बनाउने अभियान पनि सडक अतिक्रमण गरी विभिन्न स्थानहरुमा निर्माण सामाग्री राखिँदा समस्या पर्न जान्छ । उनले भने, सडक अतिक्रमण हटाई सकेपछि विद्युत प्राधिकरणको समन्वयमा नगरका मुख्य सडकहरुमा सडक बत्ति जडान समेत गरिने छ ।

शिवसताक्षीका मुख्य सडक, शाखा सडक, रिङ्गरोडहरुमा विस्कुन, सुकाउने, पशु चौपायहरु बाँध्ने गरेकाले सवारी साधन आवत जावतमा कठिनाई र सडक दुर्घटना बढ्दै गएकाले यस्ता सामाग्रीहरु हटाउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले जानकारी दिए । उनले भने, यसले सडक दुर्घटनामा पनि कमी आउने र पशु चौपायहरु कालोपत्रे सडक किनारमा बाँधिदा सडक चाडै भत्किने भएकाले त्यस्ता समाग्री सात दिन भित्र हटाउन सचुना जारी गरिएको हो ।

। सात दिन भित्रमा त्यस्ता सामाग्री नहटाए नगरपालिकाले आफै हटाउने छ । तर त्यसमा पर्ने हानी नोक्सनीमा नगरपालिका जवाफदेही नहुने नगरपालिकाले जारी गरिएको सूचनामा उल्लेख छ ।

नगरपालिका भित्रका बजारहरुमा सडक पेटीमा मानिसको आवगमन नै बन्द हुने गरी सामाग्री नराखिदिन समेत आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *