Sajhamanch Archive

दुधे–माइधार सडक खण्डमा दुर्घटना, घटना स्थलमै दुईको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी १० स्थित सैनिक चौकमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा स्थित दुधे – माइधर खण्डमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना सक्त घाइते भएका छन् ।

मृत्यु हुनेमा कार लाचक सप्तरी घर भएका वर्ष ४४ का बलराम यादव र सुनसरी इटहरी घर भएकी ३० वर्षीया गीता चौधरी रहेका छन् । उनीहरुको मृत्यु भएको विएडसी अस्पताल विर्तामोडले जनाएको छ । सो दुर्घटनामा परेर अन्य ४ जना गम्भिर घाईते भएका छन् । उनिहरुको विएण्सी अस्पतालमा उपचार भइरहेको छ । कारमा ६ जना सवार थिए ।

बा १४ च ९१०८ नम्बरको कार अयन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *