Sajhamanch Archive

झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि राईको स्वतन्त्र उम्मेद्वारी घोषणा

Published: in विविधा by .

शिवसताक्षी । झापा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नन्दराज राईले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । आज शिवसताक्षीको युङ्गी क्याफेमा पत्रकार सम्मेलन गरेर शिवसताक्षी ८ का राईले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनले आफु अर्थशास्त्रमा स्नाकोत्तर तह र कृषि विज्ञानको समेत अध्ययन पूरा गरि शैक्षिक संस्थाको स्थापना गर्दै सामाजिक , व्यवसायिक र शैक्षिक क्षेत्रमा काम गर्दै आएको बताए ।

हालसम्म राजनीतिक दलबाट जितेरका गएका कसैले पनि विकास र नागरिकको जीवन स्तर उठान नसकेकाले वैकल्पिक स्वतन्त्र शक्तिले परिवर्तनको मार्ग खोजेको जिकिरसहित आफनो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।

उनी झिलझिलेमा स्थापित संस्कार फाण्डेशनका संस्थापकसंगै विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील छन ।

पत्रकार सम्मेलनमा राईले मुलुक संसारमै भ्रष्टमुलुकको रुपमा दर्ज हुँदै गएको र अर्थतन्त्र संकटग्रस्त हुने दिशामा गएकोले भ्रष्टाचारको चक्र रोक्न स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेर संसदमा जनताका आवाज बुलन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

राजनीतिक दलले पाएको जनमतको सम्मान गर्न नसक्दा, दम्भ र अंहकारबाट मुक्त हुन नसक्दा जनप्रतिनिधिहरुको सेवा सुविधामा राज्यको लगानी बालुवामा पानी सरह हुन पुगेको पनि पत्रकार सम्मेलनमा उम्मेदवार राईले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । उनले आफनो तर्फबाट पूर्ण आकारको घोषणा पत्र निकट भविष्यमा नै सार्वजनिक गरिने भन्दै मुख्य प्राथमिकताका रुपमा भ्रष्टाचार, ढिलासुस्ती, मौलाहिजार र पक्षपात नगर्ने र गर्न पनि नदिने उल्लेख गरेका छन । उनले पत्रकार सम्मेलनमा आफू प्रतिनिधि सभामा निर्वाचित भएर गएपछि पाउने तलब भत्ता वापतको रकम आफनै क्षेत्रबासीको हितमा खर्च गर्ने प्रतिबद्धता पनि जनाए ।

बुधबार शिवसताक्षी नगरपालिका वडा नं. १ का पूर्ण नेम्वाङ्गले पनि झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मद्वारी घोषणा गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *