Sajhamanch Archive

शिवसताक्षीमा एक दिवशीय स्काउट अभिमुखिकरण तथा अन्तरक्रिया

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेपाल स्काउट शिवसताक्षी नगर समितिले एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शिवसताक्षीको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा एक स्काउटले एक दिवशीय कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाल स्काउट शिवसताक्षी हाल सम्म गरेका गतिविधीहरुको समिक्षा गरिएको स्काउटका शिवसताक्षी संयोजक डिगम पराजुलीले जानकारी दिए ।

शिवसताक्षी नगरपालिका भित्रका धेरै विद्यालयहरुमा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका साथै विद्यार्थीहरुलाई विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने उद्देश्यका साथ शिवसताक्षी विद्यालयहरुमा स्काउट सम्बन्धि गतिविधीहरु सञ्चालन गर्न थालिएको संयोजक पराजुलीले बताए । उनले भने, स्काउटको तालिम गरेका विद्यार्थी तथा युवाहरुले दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा परिचालन गर्न सकिने छ । स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोग सम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गरिने छ ।

शिवसताक्षी भित्रका स्काउट सञ्चालन गरिएको विद्यालयका विद्यार्थीहरुको विगतमा भन्दा हाल कार्यक्षमता र प्रभावकारिताको विषयमा केन्द्रित भएर कार्यशाला सम्पन्न भएको संयोजक पराजुलीको भनाई थियो ।

कार्यक्रममा नेपाल स्काउट अनलाइन रजिष्ट्रशन दर्ता सम्बन्धी पनि शिवसताक्षीका स्काउट शिक्षकहरुलाई प्रशिक्षण गराइएको थियो । स्काउटको गतिविधीहरुलाई विद्युतीय संचारसँग कसरी जोड्न सकिन्छ भन्ने विषय बस्तुका बारेमा समेत प्रशिक्षण दिइएको थियो । प्रशिक्षणको नेपाल स्काउट प्रदेश अधिकृत नवराज घिमिरेले सहजीकरण गरेका थिए । कार्यक्रममा लेटाङ्ग नगरपालिका स्काउट संयोजक मुकेश राज भण्डारी लगायत शिवसताक्षीका स्काउट शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन केदार खनालले गरेका थिए । कार्यक्रम नेपाल स्काउट शिवसताक्षी नगर समितिको आयोजनामा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *