Sajhamanch Archive

आदर्श साकोसले ३३ लाख बढी नाफा कमायो

Published: in समाज, सहकारी by .

शिवसताक्षी । झापा शिवसताक्षीको दूधे रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले ३३ लाख बढी नाफा कमाएको छ । संस्थाले शिवसताक्षीको दूधेमा १७ औं वार्षिक साधारण सभामा २०७८÷०७९ को आय व्यय विवरण सार्वजनिक गरेको हो ।

सस्थाले शिवसताक्षीको यस अघि पाँचगाछी, डुँडामारी, दूधेमा साधारण सभा सम्पन्न गरिसकेको थियो । आज उक्त साधारण सभामाको समापन र माइयुनट प्रमाणिकरण गरिएको संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्ष चन्द्रबहादुर थापाले, लेखा समितिको प्रतिवेदन विष्णुलाल भट्टराई र कोषाध्यक्षको प्रतिवेदन कमल सेन्चुरीले प्रस्तुत गरेका थिए ।

२०६२ सालमा २६ जना सदस्यको रु ५२ हजार शेयर पुँजीबाट कारोबार सुरु गरेको संस्थाको शेयर पुँजी १ करोड, ८३ लाख ९३ हजार, कोषमा रु ९९ लाख, २२ हजार ७८७ गरी कुल पुँजी १२ करोड, ७७ लाख १४ हजार ८६० पुगेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी संस्थाले सामाजिक सेवामा पनि रकम खर्च गरेको छ । शिवसताक्षी दूधेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई छात्रबृद्धी बापत रु १० हजार, दोमुखका अग्नी पीडितलाई १० हजार,शिवसताक्षी भेट्रान क्लबलाई १० हजार,चासोक तङ्नामलाई ५ हजार १ सय, सतासीधाम जेसीजलाई ३ हजार, रकम खर्च गरेको संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले जानकारी दिए ।

संस्थामा उत्कृष्ट कारोबार गर्ने, साधारण बचत, बाल बचत, नारी बचत, खुत्रुके बचत, आवधिक बचत, धितो ऋण, व्यवसायिक ऋण, कृषि ऋण, सवारी सधान ऋण र ज्येष्ठ नगरिक गरी १० जनालाई संस्थाको स्थापना दिवसमा सम्मान गरिने आदर्श साकोसले जनाएको छ । त्यस्तै संस्थाले आदर्श साकोस दूधे र सेवाकेन्द्र बोलो चौकका एकल महिला तथा ज्येष्ठ नागरिकहरुको सम्मानार्थ १४ जनालाई स्थापना दिवसमा भत्ता दिइने समेत जनाएको छ।

संस्थाका सञ्चालनको क्रममा आय कर, व्याजकर, समाजिक सुरक्षा कर र पारिश्रमिक कर गरी जम्मा ८ लाख ७१ हजार ५ सय ५७ रुपैया राज्यलाई कर तिरेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सस्था अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको साधारण सभाको सञ्चालन व्यवस्थापक प्रकाश पोखरेलले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *