शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमन, म्याद गुज्रिएका र सडेको खानेकुरा भेटिए
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका बजार अनुगमन गर्न सुरु गरेको छ । आज बुधबार नगरको शिवगञ्ज र जनता बजारमा छड्के अनुगमन गरेको हो ।
अनुगमनको क्रममा शिवगञ्ज अधिकांश किराना, मासु पसल तथा होटलहरुमा मूल्य सूची नराखिएको पाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ।
शिवगञ्ज बजारको एक होटलमा बेकरी खाद्य सामग्री सडेको अवस्थामा भेटिएको शिवसताक्षी नगरका राजश्व शाखाका बद्री दाहालले जानकारी दिए । उनले होटल सञ्चालकलाई तुरुन्त यस्ता सामाग्री हटाउन चेतावनी दिएका बताए ।
अनुगमनको क्रममा जनता बजारको एक होटल पेय पदार्थ कोल्ड ड्रिङ म्याद गुज्रिएको पाइएपछि त्यस्ता सामाग्री नष्ट गरिएको छ ।
शिवसताक्षी नगरका नागरिकहरु स्वास्थ्यलाई मध्यनजर राख्दै खाद्य सुरक्षाका लागि बजार अनुगमन गरिएको गरिएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले अनुगमनका क्रममा मूल्य सूची नराखिएको, केही म्याद गुज्रिएको खाद्य सामग्री भेटिएको जानकारी दिइन् । उनले भनिन्, आज अनुगमन गरिएका पसलहरुमा सुधारका लागि सुझाब दिइएको छ । त्यसको कार्यान्वयनका लागि नगरपालिकाले फेरी छड्के अनुगमन गर्ने छ ।
अनुगमन टोलीले अखाद्य बस्तु फेला परेमा सिधै जफत गरी नष्ट गर्ने अख्तियारी लिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनमा इलाका प्रहरी कार्यालय शिवगञ्ज, स्वास्थ्य शाखाका संयोजक संजय ठकुरी, राजश्व शाखाका कर्मचारी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि, बाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता थियो ।
अनुगमन टोलीले खाद्य तथा किराना, मदिरा तथा पेय पदार्थ, औषधि, मासु , बेकरी लगायतका पसलमा अनुगमन गरेको थियो ।
Comments