Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनमा तिब्रता, म्याद गुज्रिएका पेय पदार्थ नष्ट गरियो

Published: in विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको । शुक्रबार नगरपालिकाले पर्यटकीय क्षेत्र दोमुखा र धरमपुर बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा धेरै मात्रामा म्याद गुज्रेका पेय पदार्थ फेला परेको अनुगमन टोलीले जनाएको छ ।

धरमपुर बजारमा प्याकेजिङ्ग गरिएको मिश्रीमा तौल नपुगेको भेटिएको छ । त्यस्तै पसल दर्ता नगरी चलाइएको, नविकरण नगरिएको भेटिएको नगरपालिकाका राजश्व शाखाका बद्री दाहालले जानकारी दिए ।

पर्यटकीय क्षेत्र दोमुखामा धेरै मात्रामा चाउ चाउ, कुरमुरे, वियर लगायत पेय पदार्थको म्याद गुज्रिएको भेटिएको छ । पसल सञ्चालकलाई त्यस्ता सामाग्री बेच विखन नर्गन नगरपािलकाको अनुगमन टोलीले चेतावनी दिएको छ । यता शिवसताक्षीको झिलझिले बजारको दुई पसलमा धेरै मात्रामा म्याद गुज्रिएको पेय पदार्थ भेटिएपछि अनुगमन टोलीले नष्ट गरेको जनाएको छ ।

नगरपालिकाको अनुगमन टोलीले लेबल नलागाइएका खाद्य पदार्थहरु पसल बाट हटाउन र बेच विखन नगर्न सुझाब दिइएको नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले भनिन्, पहिलो चरणमा पसल सञ्चालकलाई मापदण्ड विपरितका सामाग्री हटाउन सुझाब दिएको छौ । नगरले दशैं लगत्तै ति स्थानहरुमा छड्के जाँच गर्ने र त्यस्ता सामाग्री विक्री वितरण गरिएको पाएमा कार्वाही गरिने छ ।

अनुगमन गरिएका पसलबाट म्याद गुज्रिएका खाद्य पदार्थ भेटिएपनि शिवसताक्षीका नागरिकले नगरपालिकालाई धन्यवाद दिएका छन् । अनुगमनलाई थप कडाईका साथ लागु गर्न उनीहरुले सुझाब दिएका हुन् ।

नगरले खाद्य तथा किराना, मदिरा तथा पेय पदार्थ, औषधि, मासु , बेकरी लगायतका पसललाई पहिलो प्राथमिकतामा राखेर अनुगमन गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *