Sajhamanch Archive

झापाको कमलमा खुकुरी प्रहार गरी आमा र काकाको हत्या

Published: in विविधा by .

झापा । झापाको कमल गाउँपालिकामा गएराति दुई जनाको हत्या भएको छ । कमल गाउँपालिकामा एक युवकले खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या गरेका छन ।

गएराति १०ः३० बजे कमल गाउँपालिका २ मिलन चौक सिमलडाँगी बस्ने धनबहादुर माझीका छोरा २० वर्षिय चन्द्र माझीले आफ्नै आमा ५० वर्षिया चन्द्रकला माझी र काका अन्दाजी ५० वर्षिय सन्तबहादुर माझीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट दुबैजनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने चन्द्र माझीलाई खुकुरीसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *