नेकपा एमालेबाट प्रदेश १ बाट प्रतिनिधि सभा र प्रदेश सभामा को को भए उम्मेदवार
Published: (Updated: )
by .झापा । नेकपा एमालेले मंसीर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश १ का लगभग सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी तय गरेको छ ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको नाम फाइनल भएको जानकारी दिए । केही निर्वाचन क्षेत्रमा भने अन्तिम नाम आउन बाँकी रहेको भए पनि दुईजनाको नाममा छलफल भइरहेको उनको भनाई छ ।
‘यो नै अन्तिम नाम हो भनेर अहिले नै किटान गरिहाल्न मिल्दैन, कतिपय संघका आकांक्षीलाई प्रदेशसभामा पठाइएको छ, उहाँहरुको सहमति पछिमात्र भोलि दिनभरमा उम्मेदवारको टिकट बनेर जिल्ला जिल्लामा आइपुग्ने भएकाले केही नाम फेरबदल पनि हुन सक्ने सम्भावना छ’ प्रदेश १ का इन्चार्ज घिमिरेले साझामञ्चलाई बताए ।
घिमिरेका अनुसार झापाबाट प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नं. १ मा अग्निप्रसाद खरेल, क्षेत्र नं. २ मा देवराज घिमिरे, क्षेत्र नं. ३ मा तालमेलका लागि खाली, क्षेत्र नं. ४ मा लालप्रसाद सावाँ र क्षेत्र नं. ५ मा केपी शर्मा ओलीको उम्मेदवारी रहनेछ ।
यस्तै प्रदेशसभामा निर्वाचन क्षेत्र नं. १ क मा रविन कोइराला र १ ख मा तालमेलका लागि खाली छाडिएको छ भने निर्वाचन क्षेत्र नं. २ क मा एकराज कार्की र ख मा तिलचन पाठक (चिन्तन)ले उम्मेदवारी पाएका छन् ।
निर्वाचन क्षेत्र नं. ३ क मा बसन्त बानियाँ र ख मा छबिलाल चुडाल वा दुर्गाप्रसाद प्रसाईलाई उम्मेदवार बनाइने छ । यस्तै निर्वाचन क्षेत्र नं. ४ क मा राधाकृष्ण खनालको उम्मेदवारी रहनेछ भने ख क्षेत्र तालमेलका लागि खाली छाडिएको छ ।
निर्वाचन क्षेत्र नं. ५ क मा हिक्मतकुमार कार्की र ख मा होमबहादुर थापालाई उम्मेदवार बनाइएको छ ।
प्रदेश इन्चार्ज घिमिरेका अनुसार ताप्लेजुङमा प्रतिनिधिसभा तर्फ योगेश भट्टराईको उम्मेदवारी निश्चित भएको छ भने प्रदेश क मा तिलकुमार मेयाङ्बो ख मा मणि शंकर पोमुको नाम फाइनल भएको छ ।
पाँचथर जिल्लामा प्रतिनिधिसभा तर्फ बसन्त नेम्वाङ उम्मेदवार बन्नेछन् भने प्रदेश क मा राजकुमार भण्डारी र ख मा अइन्द्र सुन्दर नेम्वाङ वा डम्बर सम्वाहाम्फेमध्ये एकले टिकट पाउने छन् ।
इलाममा प्रतिनिधि सभातर्फ क्षेत्र नं. १ मा काजीमान कागतेको नाम फाइनलजस्तै छ भने क्षेत्र नं. २ सुवासचन्द्र नेम्वाङ उम्मेदवार बन्नेछन् । यस्तै प्रदेशसभामा क्षेत्र नं. १ क मा शोभा पराजुली र ख मा दिपक थेवेले टिक पाएका छन् ।
इलाम जिल्ला निर्वाचन क्षेत्र नं. २ क मा गणेश बराल र ख मा रामबहादुर रानाको टिक पक्का भएको छ ।
मोरङ जिल्लाबाट प्रतिनिधिसभामा क्षेत्र नं. १ बाट घनश्याम खतिवडा, क्षेत्र नं. २ मा ऋषिकेश पोखरेल, क्षेत्र नं. ३ मा भानुभक्त ढकाल, क्षेत्र नं. ४ मा विनोद ढकाल, क्षेत्र नं. ५ तालमेलका लागि खाली र क्षेत्र नं. ६ बाट लालबाबु पण्डित उम्मेदवार बन्नेछन् ।
यसरी नै प्रदेसभा तर्फ क्षेत्र नं. १ क मा उमाकान्त गौतम र ख मा खड्ग बस्नेत, क्षेत्र नं. २ क मा डिबी कार्की र ख मा लिलाबल्लभ अधिकारी, क्षेत्र नं ३ क मा किशोर राई र ख मा ज्ञानेन्द्र सुवेदी उम्मेदवार बन्नेछन् ।
प्रदेशसभामा क्षेत्र नं. ४ क मा जयप्रकाश चौधरी उम्मेदवार बन्ने छन् भने ख मा तालमेलका लागि खाली छाडिएको छ । यस्तै, क्षेत्र नं. ५ क मा सन्तोष साहाले टिक पाउँदा ख मा तालमेलका लागि खाली छाडिएको छ । क्षेत्र नं. ६ क मा रिता न्यौपाने उम्मेदवार बन्नेछिन् भने ख मा तालमेलका लागि खाली छाडिएको छ ।
सुनसरी जिल्लामा प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं. २ मा भीमप्रसाद आचार्य, क्षेत्र नं. ३ मा भगवती चौधरी, क्षेत्र नं. ४ मा जगदीशप्रसाद कुसियतको नाम फाइनल भएको छ ।
यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. १ क मा रमेश बस्नेत र ख मा विजयकुमार राई, क्षेत्र नं. २ क मा रेवती भण्डारी र रामप्रसाद मेहता, क्षेत्र नं. ३ क मा रोहित कार्की र ख मा रामदेव यादव तथा क्षेत्र नं. ४ क मा गुणराज कोइराला र ख मा तालमेल वा अब्बास अन्सारी उम्मेदवार बन्ने टुङ्गो लागेको छ ।
एमालेले धनकुटा जिल्लाबाट प्रतिनिधिसभामा राजेन्द्र राईलाई उम्मेदवार बनाएको छ भने प्रदेशसभामा क्षेत्र नं. क मा निरु राई र क्षेत्र नं. ख मा इन्द्रमणि पराजुलीको नाम टुंग्याएको छ ।
यस्तै भोजपुर जिल्लामा प्रतिनिधिसभातर्फ शेरधन राई उम्मेदवार बन्नेछन् भने प्रदेशसभामा क्षेत्र क बाट हरिबहादुर राई र ख बाट खड्गबहादुर कार्कीले टिकट पाएका छन् ।
संखुवासभामा प्रतिनिधिसभा सदस्यको उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई बनाइएको छ । प्रदेशसभा क मा भविश्वर गुरुङ र ख मा विदुर लिङ्थेपले टिकट पाएका छन् ।
यस्तै तेह्रथुम जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका लागि विजय सुब्बाले टिकट पाएका छन् भने प्रदेशसभामा क बाट तेजमान कन्दङवा र ख बाट किशोरचन्द्र दुलालले निर्वाचन लड्ने भएका छन् ।
खोटाङ जिल्लाबाट प्रतिनिधि सभामा विशाल भट्टराईले उम्मेदवारी दिनेछन् भने प्रदेशसभामा क्षेत्र क बाट पि.के. राई र क्षेत्र ख बाट रामप्रसाद दंगालको टिकट पक्का भएको छ ।
यता उदयपुर जिल्लामा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं. १ बाट मञ्जु चौधरीले टिकट पाएकी छन् भने क्षेत्र नं. २ का लागि ज्ञानेन्द्र श्रेष्ठ उम्मेदवार बन्नेछन् । प्रदेशसभा क्षेत्र नं. १ क मा बिमल कार्की र ख मा ईश्वरमणि राहुतको नाम स्वीकृत भएको छ । प्रदेशसभामा क्षेत्र नं. २ क बाट देवराज राई र ख बाट जीवनाथ दाहाल उम्मेदवार बन्नेछन् ।
प्रदेश इन्चार्ज घिमिरेले उपलब्ध गराएको विवरण अनुसार सोलुखुम्बुमा प्रतिनिधि सभाका लागि मानवीर राई उम्मेदवार बन्नेछन् भने प्रदेशसभा सदस्यका लागि क्षेत्र क मा उत्तमकुमार बस्नेत र क्षेत्र ख मा बुद्धिकुमार राजभण्डारीलाई टिकट दिइएको छ ।
यता ओखलढुंगामा प्रतिनिधिसभा सदस्य पदका लागि यज्ञराज सुनुवार उम्मेदवार बनेका छन् भने प्रदेशसभामा क्षेत्र क बाट अम्बरबहादुर गुरुङ र क्षेत्र ख बाट ज्ञानबहादुर खड्का चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
Comments