झापा ३ मा सिटौला र लिङ्देनले गरे उम्मेदवारी दर्ता
Published:
by .भद्रपुर । झापा क्षेत्र नम्वर ३ मा पूर्व उपप्रधान तथा गृह मन्त्री कृष्णप्रसाद सिटौलाले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका छन् भने एमाले राप्रपा गठबन्धनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन् ।
काँग्रेस नेता सिटौलाले सत्ता गठबन्धनको ४ दलका तर्फबाट झापा ३ मा वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका हुन् भने नेकपा एमाले सितको गठबन्धनबाट राप्रपा अध्यक्ष लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन् ।
सिटौलाको प्रस्तावकमा नेपाली कांग्रेस भद्रपुर नगरका पूर्व सभापति मोहन महर्जन र समर्थकमा भद्रपुर नगर प्रमुख तथा नेपाली कांग्रेस झापा क्षेत्र नं. ३ का सभापति गणेश पोखरेल रहेका छन् भने लिङ्देनको प्रस्तावकमा राप्रपका माधव पोखरेल र समर्थकमा एमालेका लक्ष्मण पाठक बसेका छन् ।
संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनमा निर्वाचनमा धर्म निरपेक्षता सहितको संघीय गणतन्त्रका पक्षधर सिटौलालाई राजतन्त्रका पक्षधर लिङ्देनले पराजित गरेका थिए । अघिल्लो निर्वाचनमा समेत नेकपा एमालेको सहयोगमा निर्वाचन जितेका लिङ्देन यस पटक पनि एमालेकै सहयोगमा निर्वाचन जित्ने दाउमा छन् भने सिटौला माओवादी, नेकपा संघीय समाजवादीको सहकार्यमा जित निकाल्न लागि परेका छन् ।
Comments