Sajhamanch Archive

शिवसताक्षीमा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनः एकीकरण सम्वन्धी सम्वाद

Published: in विविधा, समाज by .

शिवसाक्षी । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्थानीय स्तरमा नै आत्मनिर्भर बनाउनका लागि छलफल गरिएको छ ।

पौरखी नेपालको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा गरिएको कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई कसरी स्थानीय स्तरमा आत्मनिर्भर बनाउने र विदेशमा गरेको कामको अनुभवलाई नगर विकास जोड्ने विषयमा सम्वाद गरिएको हो । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण नीति निर्माण सम्बन्धि सम्बाद पनि गरिएको थियो ।

कार्यक्रमा नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोषन)ले वैदेशिक रोजगारीबाट सीप सिकेर आएका युवाहरुलाई परिचालन गर्न सके नगर विकासमा टेवा पुग्ने बताए । उनले भने, लामो समय विदेसमा बसी कामको अनुभव उहाँको पुँजीलाई परिचालन गरेर युवाहरुलाई रोजगारका लागि काम गर्न नगरपालिका सकारात्मक छ । त्यसका लागि कार्य विधि बनाएर अघि बढ्नु पर्छ ।

कार्यक्रममा वैदेशिक रोगागरीबाट फर्किएका युवाहरुले लामो समय घर परिवार त्यागेर विदेशिनुको पीडा सुनाए ।उनीहरुले विदेश काम गर्दाका अनुभवलाई आफ्नै ठाउँ लगाउन पाए नगर विकासमा पनि टेवा पुग्ने बताए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उपप्रमुख नगरमाया कार्की , प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, लेखा अधिकृत प्रकाश योङ्गहाङ्ग, रोजगार प्रमुख विदुर तिम्सिना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिवसताक्षीको झिलझिले स्थित वाटर किड्डम पार्कमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *