झापा क्षेत्र नं. ४ मा संयुक्त गठबन्धनद्वारा चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन
Published: (Updated: )
by .शिवसताक्षी । आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि संयुक्त गठबन्धनले शिवसताक्षीको दुधेमा चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरेको छ ।
गगठबन्धनले क्षेत्र नंं ४ को प्रदेश (क) को निर्वाचन प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरेको हो ।
जसमा विनोद ढकालको संयोजक र कल्पना कार्कीको सह संयोजकत्वमा ३५२१ सदस्य चुनाव प्रचार प्रसार समिति गठन गरिएको भने चुनाव परिचालन समिति ५१ सदस्य बनाइएको छ। त्यस्तै नगर स्तरीय चुनाव प्रचार प्रसार समिति समेत गठन गरिएको छ।
नेपाली कांग्रेस शिवसताक्षीका नगर सभापति अशोक बस्नेतको संयोजक र नेकपा माओवादकीका नगर अध्यक्ष महेन्द्र भट्टराईको सह संयोजक रहने गरी नगर स्तरीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको हो । जसमा युवाको सम्योजक राजिब नाल्बो,सह सम्योजक भुवन राको छई, महिला सम्योजक लोचना लावती, सह सम्योजक सङिता राय, विद्यार्थी सम्योजक उजेन तामाङ सह सम्योजक बिरेन्द्र बस्नेत, किसान मजदुर सम्योजक मिलन कुमार रार्इ, सह सम्योजक डम्बर पोयाम्बो, भुपु सैनिक ,प्रहरी ,निजामती ,कर्मचारी ,शिक्षक सम्योजक उमानाथ दाहाल ,सह सम्योजक रामजी कार्की ,अमर आङदेम्बे,सामाजिक सन्जाल, सम्योजक सुर्य प्रकाश योङ्या, सहसम्योजक सन्जय राई रहेका छन् । त्यस्तै कार्यकर्ता जिज्ञासा सम्बोधन सम्योजकमा पर्सुराम ढुंगाना , सह सम्योजक गणेश बजगार्र्इ जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा प्रतिनिधि सभाका उम्मेद्बार देवमान थेबे, प्रदेश (क) का उम्मेद्बार झलक सिङ दलार्मी , माओवादी केन्द्रका नेता कल्पना कार्की राम बहादुर राई, नेपाली काग्रेसका नेता पर्शुराम ढुङाना, भक्ति सिटौला ,सन्तोष मेन्याबो उमानाथ दाहाल कमल भण्डारी विनोद ढकाललगायतको उपस्थिति रहेकोे थियो । कार्यक्रमको अध्यक्षता अशोक बस्नेत स्वागत महेन्द्र भट्टराई र सन्चालन होम दुलालले गरेका थिए।
Comments