शिवसताक्षी नगरपालिकाद्वारा डुडाँमारी बजार अनुगमन
Published:
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिवसताक्षीको डुडाँमारी बजारको अनुगमन गरेको छ ।
अनुगमनका क्रमममा अधिकांश पसलमा पेय पदार्थहरु म्याद गु्रजिएको भेटिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । केही पसलमा चाउ चाउ, कुरमुरे जस्ता खाद्य पदार्थको म्याद गुज्रिएको भेटिएको हो ।
चाडपर्वमा धेरै मात्रा म्याज गुज्रिएको खाद्य पदार्थहरु विक्री वितरण हुने गरेकाले बजार अनुगमनलाई तिब्रता दिएको नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । उनले अनुगमनका क्रममा केही पसलहरुमा, मूल्यसूची नराख्ने, आन्तरिक राजश्व कार्यालय र नगरपालिकामा दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने, म्याद गुज्रिएका सामानहरु पनि विक्री वितरण गर्दै आएको पाइएको बताइन् । उनले भनिन, शिवसताक्षी नगरपालिकाले चार्डपर्व लक्षित मात्र नभई विभिन्न समय बजार अनुगमन गर्ने छ ।
पहिलो पटकको अनुगमनमा सबै व्यवसाय सञ्चालकहरुलाई म्याद गुज्रिएका सामानहरुलाई विक्री वितरण नगर्न सुझाब दिएको छ । कतिपय त्यस्ता सामाग्रीहरु डिस्पोजल गरिएको छ । दोस्रो पटकको अनुगमनमा पनि त्यस्ता समाग्री विक्री वितरण गरिएको पाइएमा कडा कार्वाही गरिने समेत उपप्रमुख कार्कीले जानकारी दिइन् । डुडाँमारी बजारको एक सुनचाँदी पसलमा समेत काँटा नमिलेको पाइएको नगरपालिकाले जनाएको छ ।
अनुगमनमा मूल्य सूची नराखिएका, म्याद गुज्रिएका, दर्ता नगरी सञ्चालन गरिएको व्यवसायहरु लगत राजश्व शाखाका बद्री दाहालले लिएका छन् ।
अनुगमन शिवसताक्षी नगरपालिका कर्मचारी, शिवसताक्षी उद्योग वाणिज्य संघ प्रतिनिधि, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी, नगरप्रहरीहरुको टोलीले गरेको थियो ।
Comments