Sajhamanch Archive

हातेमालो कृषि सहकारीले २२ लाख ४२ हजार बढी नाफा कमायो

Published: in सहकारी by .

शिवसताक्षी । श्री हाम्रो हातेमालो कृषि सहकारी संस्था लि. शिवसताक्षी –१ धरमपुरको ११औं बार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरेको छ।

कार्यक्रममा सहकारी संस्थाको अध्यक्ष ताराप्रसाद गौतमले संस्थाको वार्षिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेको थिए ।

साधारण सभामा ज्येष्ठ शेयर सदस्यहरु, उत्कृष्ट कारोबारी,खुत्रुके वचत कर्ता ,उत्कृष्ट कृषक,र असल ऋणीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

सहकारी संस्थाको अध्यक्ष ताराप्रसाद गौतम अध्यक्षता र शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्राको प्रमुख आतिथ्यतामा हाम्रो हातेमालो कृषि सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । यस संस्थामा २ सय ७३जना महिला र ३ सय ४ जना पुरुष गरि जम्मा ५ सय ७७ जना शेयर सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ।

साधारण सभामा पेश गरिएको बार्षिक प्रतिवेदनमा १ करोड ७१ लाख ३ हजार १ सय ८५ रुपैयाँ ५०पैसाको वासलात रहेको र २२ लाख ४२ हजार १सय ७५ रुपैयाँ ६०पैसा खुद नाफा रहेको जनाइएको छ ।

कार्यक्रमका विशेष अतिथि प्रदेश नं.१ कृषि सचिव मेघनाथ तिम्सिना र कृषि मन्त्रालय प्रदेश नं.१का निर्देशक प्रकाशकुमार डांगीलाई संस्थाको तर्फबाट विशेष सम्मान गरिएको थियो ।
शिवसताक्षी–१ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ , प्रदेश नं.१ कृषि सचिव मेघनाथ तिम्सिना र नगर प्रमुख मेगाहाङ थोप्राले शुभकामना मन्तव्य राखेका थिए ।

कृषि सचिव तिम्सिनाले प्रदेशको कृषि क्षेत्रको विकासमा अर्जुन दृष्टि राखेको छ।कृषकले पनि उत्पादन ,पोषण र वातावरण संरक्षणमा ध्यान दिनुपर्ने कुरा सुजाए।

संस्थाको उद्घाटन सत्रको कार्यक्रममा नगर प्रमुख थोप्राले सहकारीका माध्यमबाट स्थानीयस्तरमा कृषकहरुले अधिकतम फाइदा लिन सकेको जनाउँदै निरन्तरताका लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य संचालक समिति कोषाध्यक्ष लय गौतमले राखेका कार्यक्रमको संचालन सचिव तेजेन्द्र घिमिरेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *