Sajhamanch Archive

गौरादह नगरपालिका आजदेखि खुल्ला दिसामुक्त नगर

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

गौरादह । झापाको गौरादह नगरपालिका आजदेखि खुल्ला दिसामुक्त घोषणा भएको छ ।

जिल्ला समन्वय समिति झापाका उपप्रमुख मिना पराजुलीले नगरपालिकालाई खुल्ला दिसामुक्त भएको घोषणा गरेकी छन् ।

गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहाले नगरलाई खुल्ला दिसामुक्त घोषणा भएपछि प्रतिवद्धता वाचन गर्दै नगरबासीको साथ र सहयोगमा नगरलाई खुल्ला दिसामुक्त गर्न सफल भएको धारणा राखेका छन् ।

आगामी दिनमा पूर्ण सरसफाईयुक्त नगर निर्माणमा आफूहरु लागिपर्ने नगरप्रमुख साहाले विश्वास दिलाए ।

अभियानका क्रममा १२ हजार २४८ परिवारमा शौचालयको पहुँच पुगेको बताउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले अहिले नगरपालिका क्षेत्रमा खुल्ला ठाउँमा हुने फोहोरबाट आउने दुर्गन्धमा कमी आएको र सरसफाइको चेतना नागरिकहरुमा बढेको दावी गरे ।

गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवालले स्वागत गरेको कार्यक्रममा नेकपाका जिल्ला नेता मदन अधिकारी, कांग्रेस क्षेत्रीय सचिव सूर्यभक्त सिटौलालगायतले नगरपालिकाको अभियानमा आफूहरुको पूर्ण समर्थन रहेको जनाए ।

कार्यक्रममा नगरलाई खुल्ला दिसामुक्ता घोषणा गर्नको लागि प्रत्यक्षरुपमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ–संस्थालाई सम्मान गरिएको नगपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *