सुस्त मनस्थिति सरोकार समाजमा आश्रित बालबालिकालाई खाद्य सामाग्री प्रदान
Published:
by .विर्तामोड । शुभदिपावली २०७९ को अवसर पारेर मेची महाकाली बुहारी संयुक्त आवाज झापाले सुस्त मनस्थिति सरोकार समाज कनकाइ– मा आश्रित बालबालिकालाई खाद्यान्न एवं दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ ।
बुहारी संयुक्त आवाजका झापा जिल्ला अध्यक्ष शिखा खड्का गणेशको नेतृत्वमा पदाधिकारी, सदस्य एवं आजीवन सदस्यहरुको टोलीले चामल , दाल तेल , नुन , चिनी, आलु सोयाविन, चाउचाउ, विस्कुट लगायतका खाद्यान्न सामग्री र भाडा धुने साबुन , नुहाउने , लुगा धुने लगायतका १५ हजार मूल्य बराबरको उपभोग्य सामग्री हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष एवं सञ्चालक शान्ता पोखरेललाई अध्यक्ष खड्कासहितको टोलीले उक्त सामग्री हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष गंगा भट्टराई, सचिव कविता थापा, सहसचिव अम्बिका गिरी, कोषाध्यक्ष परु सुवेदी लगायत सदस्य र आजीवन सदस्यहरुको सहभागिता रहेको थियो ।
पूर्ण अपाङ्ग, आंशिक अपाङ्ग एवं सुस्त मनस्थिति भएकासहित गरी सुस्त मनस्थिति सरोकार समाज कनकाईमा १६ जना बालबालिका आश्रित रहेको पोखरेलले जानकारी दिइन् ।
मेची–महाकाली बुहारी संयुक्त आवाजको सहयोगप्रति आभार ब्यक्त गर्दै उनले सबैको सहयोग र सद्भावबाट मात्रै संस्था सञ्चालन गर्न सकिने बताइन् ।
Comments