आफ्नो पहिलो काम नै अधुरो रहेको जग्गा धनीपुर्जा वितरणको काम पुरा गर्नेः खनाल
Published: (Updated: )
by .शिवसताक्षी । नेकपा एमाले झापा क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य उम्मेद्वार राधाकृष्ण खनालले देश विकासका लागि नेकपा एमालेले जित्नै पर्ने दावी गरेका छन् ।
उनले शिवसताक्षीको ११ न. वडाका मतदातासँग भेटको क्रममा २०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले थोरै समय काम गर्न पाउँदा पनि देशै भरी एकचोटी विकाश निर्माणको काम सुरु भएको बताए । तर गठबन्धनको सरकार बनेपछि ओली सरकारले सुरु गरेका काम समेत रोकिए अन्य कुनै पनि कामको थालनी सम्म नभएको उनले जिकिर गरे ।
उनले मतदाताहरुसँगको भेटको क्रममा त्यहाँका समस्याहरुको बारेमा बताउँन लगाए । आम मतदाताका समस्याहरु नजिकसँग बुझेर आफुले काम गर्ने उनको भनाई थियो । मतदाताले यस क्षेत्रबाट दिएको मतको सम्मान गर्दै पूर्णरुपमा जनताको माझमा आएर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विगतमा यहाँको जग्गा धनिपुर्जा वितरण गर्न केही कामहरु आफुले गरेको उनले बताए । कोरोनाका कारण लकडाउन हुँदा जग्गा धनिपूर्जा वितरणमा अवरोध भई गठबन्धन सरकारले आयोग नै विगठन गरिदिएको उनले जानकारी दिए । आफु अध्यक्ष भएको डेढ वर्षको अवधिमा कोरोना कारण लकडाउन हुँदा करिब ८ महिना जग्गा धनिपूर्जा वितरणका लागि काम गरिएको बताए । उनले शिवसताक्षी नगरपालिका वडा नं. ११ मा १६ सय धनिपूर्जाका लागि आवेदन लिएको र साविकको ६ ओटा पालिकामा जम्मा ११ हजार आवेदन संकलन गरी सदिहारहरुसँग सर्जमिनको काम पनि सकिएको बताए । सम्वधित वडा कार्यालयहरुसँग जोतभोगको सिफारिसको काम पनि सकिएर १८७६ कित्ता नापि पनि भईसकेको उनले जानकारी दिए ।
जसपश्चात कोरोनाका कारण लकडाउन भएछि काम नभएको उनको भनाई थियो । गठबन्धनको सरकारले आयोग नै विघटन गरियो । आफुले ८ महिनामा यति धेरै काम गरेपनि अहिले बनेको आयोगले १५ महिनामा पनि कुनै काम गर्न सकनेको उनको भनाई छ ।
आफु निर्वाचित भएपछि पहिलो काम नै धनिपूर्जा वितरणमा लाग्ने बताए । हालसम्म धनिपुर्जा वितरणका लागि भएको कामलाई नै निरन्तता दिदै यहाँका स्थानीयलाई जग्गा धनिपूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Comments