झापा ३ का उमेद्वारहरुसँग युवा विद्यार्थीको संयुक्त भेला
Published:
by .भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा राजेन्द्र लिङदेनले मंसिर ४ गते हुने निर्वाचनमा देशभक्त, विकास प्रेमी र राष्ट्र निर्माण गर्ने शक्तिहरुलाई जनताले मतदान गर्ने बताएका छन् ।
आज भद्रपुरको मोहपाल धर्मशालामा नेकपा एमाले र राप्रपा निकट युवा, विद्यार्थी तथा भूतपूर्व सैनिक संगठनका अगुवा कार्यकर्तासँगको उमेद्वार परिचय कार्यक्रममा झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभाका उमेद्वार लिङ्देनले कुनै एक व्यक्तिलाई हराउने वा जिताउने कुराले कुनै अर्थ नराख्ने भन्दै राष्ट्र राष्ट्रियताको जगेर्ना गर्ने र देशको भविष्यसँग जोडिएको बताएका हुन । उनले यो क्षेत्रबाट जितेर गएकाहरुले कुनै काम नगरेकोले त्यो समयमा पक्की सडक हेर्न सदरमुकाम आउनु पर्दथ्यो, तर आज केचनाका बासिन्दा आफ्नै पालिकामा पक्की सडमा हिड्न थालेको बताए ।
कार्यक्रममा, झापा क्षेत्र नं. ३ (१) का प्रदेश सभाका उमेद्वार बसन्त बानियाँले देशमा प्रजातन्त्र आएपछिको ३० वर्षसम्म देशले विकास निर्माण कार्यक्रमहरु के के पायो र पछिल्लो ३ वर्षमा देशमा ३० वर्षमा हुन नसकेको विकास निर्माणका कामहरु भएको बताए । नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य बानियाँले एमाले र राप्रपाको चुनावी तालमेल गर्दा गठबन्धन दलले गणतन्त्र र राजतन्त्रको कुरा रहेको चर्चा गर्दै भने, गठबन्धन दलले दमक नगरपालिकाको निर्वाचनमा मेयरमा मतदान गर्दा किन नसोचेको भनी प्रश्न गरेका थिए ।
झापा क्षेत्र नम्बर ३ (२) प्रदेशसभाका उमेद्वार छविलाल चूडालले देशैभरि युवाहरुको माग बढेकाले झापा ३ (१) र ३ (२) मा हामी एमालेका उमेद्वारहरु दुवै युवाको प्रतिनिधित्व गरिरहेका बताए । एमाले जिल्ला सचिवालय सदस्य समेत रहेका प्रदेशसभाका उमेद्वार चुडालले म युवा भएको नाताले कही कतै आर्थिक, नैतिक र सामाजिक हिसाबले युवाहरुको मनोवल टुट्न नदिने र तपाई युवाहरुको मान र सान बढ्नेगरी काम गर्ने बचनबद्धता व्यक्त गरे ।
कार्यक्रममा निर्वाचन निर्देशक संयुक्त समितिका सदस्य जिवनकुमार श्रेष्ठले हामी हिजोका कमी कमजारी सच्याउँदै एकमना एकताका साथ निर्वाचनमा छौं नेकपा एमाले र राप्रपाका संयुक्त उमेद्वारलाई जिताउन चुनावी अभियानमा रहेको बताउनुभयो । हामीभित्र अनेकन भ्रमहरु सिर्जना गरिएकोले भ्रामक प्रचारचिर्दै हामी अघि बढिरहेको उनले बताए ।
प्रजातान्त्रिक युवा परिषद झापाका अध्यक्ष शंकर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले स्वागत गर्दै देश बनाउने पार्टीलाई निर्वाचित गर्न तमाम युवा विद्यार्थीहरु गोलबन्द हुन थालेको बताए ।
Comments