Sajhamanch Archive

देशका लागि एमालेको सरकार अपरिहार्य छः साँवा

Published: (Updated: ) in राजनीति, विविधा by .

शिवसताक्षी । झापा क्ष ेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार एलपी साँवा लिम्बुले देश विकास लहर नेकपा एमालेमात्रै गर्न सक्ने बताएका छन् । विहीबार चुनावी घरदैलोका क्रममा शिवसताक्षी ९ र १० वडामा मतव्य राख्ने क्रममा उनले गएको २०७४ सालमा निर्वाचनमा बनेको नेकपा एमालेको सरकारले देश व्यापी रुपमा विकास निर्माणका कामहरु सुरु गरेको बताए ।

एमालेले सरकार चलाएको छोटो समयमा राष्ट्रिय महत्वका कामहरु गरेको जानकारी दिए। गरिबहरुको लागि जनता आवाश कार्यक्रम मार्फत प्रत्येक स्थानीयतहरुमा जनता आवाश कार्यक्रम मार्फत घरहरु बनाएर त्यहाँका घरविहीन परिवारलाई घर हस्तान्तण गरेको उनले बताए ।
विगतको समयमा नेकपा एमालले गर्न खोजेका कामहरु पुरा नभएकाले अब पनि एमालेको नेतृत्वको सरकार बनाउँदा मात्र जतान सुखी नेपाली समृद्ध नेपालको सपना पुरा हुने उनको भनाई थियो । उनले भने, ओली सरकारले सुरु गरेका कामहरु हाल गठन्धनका सरकारले सबै काटिदिएको छ । त्यसैले पनि नेकपा एमालेको सरकार यो देशका लागि अपरिहार्य बनेको छ ।

हाम्रो विरताले जोगाएको स्वाभिमान झुक्न नदिन, गिर्दो आर्थिक अवस्था सुधार गर्न, सार्वभौम सत्ताको रक्षा गर्न र भष्ट्रचार मुक्त नेपाल निर्माण गर्नका लागि आउँदो मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरिएको राप्रपा नेपालका उम्मेद्वार भक्ती सिटौलाले बताए । यहाँका शिक्षा स्वास्थ्य र विकास निर्माणका कामलाई प्राथमिकताका साथमा काम गरिने भएकाले आगामी निर्वाचनमा प्रतिनिधि सभामा सूर्य चिन्ह र क्षेत्र नं. ४ (ख)मा हलो चिन्हमा मतादान गर्न हुन आम मतदाता समक्ष अनुरोध गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *