Sajhamanch Archive

बजार अनुगमनका क्रममा शिवसताक्षीका दुई स्थानबाट पटका फेला

Published: in विविधा by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

नगरले अनुगमनका क्रममा बुधबार, दुधे, विहीबार माइधार, लालपानी बजार अनुगमन गरेको हो । दूधे, माइधारका खाद्य पसलहरुमा मूल्य सूची नराखिएको पाइएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै केही पसलबाट म्याद गुज्रिएका खाद्य सामाग्री समेत भेटिएको राजश्व शाखाका शान्तिराम रिमालले जानकारी दिए । रिमालका अनुसार म्याद गुज्रिएका पिय पदार्थ नगरप्रहरीले डिस्पोजल गरको थियो ।

त्यस्तै शिवसताक्षी १० को माइधार एक पसलबाट पटका समेत फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ। आज शुक्रबार पनि धौलेचोक बजार अनुगमन गरिएको थियो । जसमा पटका भेटिएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । दुई स्थानबाट भेटिएको पटका प्रहरीलाई जिम्मा दिएको शिवसताक्षी नगरपाकिाले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *