Sajhamanch Archive

झापा क्षेत्र नं. ४ (क) का उम्मेद्वार गौतमद्वारा उम्मेद्वारी फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

शिवसताक्षी । झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य पदका उम्मद्वार होमप्रसाद गौतमले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।

झापा क्षेत्र नं. ४ (क) का हाम्रो नेपाली पार्टी लोरौ चिन्हका प्रदेश सभा सदस्य पदका उम्मेद्वार होमप्रसाद गौतमले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन । उनले आफ्नो फेस बुकमा एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

उनी नेकपा एमालेबाट असन्तुष्टी हुँदै हाम्रो नेपाली पार्टीबाट प्रदेश सभा सदस्य पदमा उम्मेद्वारी दिएका थिए । आम शुभचिन्तकहरुको मनसायको सम्मान गर्दै आफुले उम्मेद्वारी फिर्ता लिएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन । अवका दिनमा नेकपा एमाले मै रहने र एमालेका उम्मेद्वार जिताउन लागि पर्ने समेत प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *