Sajhamanch Archive

शिवसताक्षी नगरपालिकामा लक्ष्मी पुजा, सामुहिक देउसी समेत खेलियो

Published: in समाज, स्थानीय तह by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा अहिले साँझ लक्ष्मी पुजा गरि लक्ष्मीको आरधाना गरिएको छ ।

नगरपालिका तिहार विदा भएपनि नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, शिक्षा शाखा प्रमुख छविढकाल लगायतले नगरपालिकमा लक्ष्मी पुजा गरेका हुन् । उनीहरु नगरपालिका अगाडी रंगोली बनाई लक्ष्मी पुजामा सरिक भएका थिए ।

लक्ष्मी पुजा पश्चात देउसी समेत खेलिएको शिवसताक्षी नगरपालिको जनाएको छ । गएको वर्षहरुमा यमपञ्चकको तेस्रो दिन मात्रै लक्ष्मी पुजा गरिएता पनि यस वर्ष यमपञ्चकको तेस्रो दिन ग्रहण लाग्ने भएकाले आजै देशै भरी लक्ष्मी पुजा गरिएको छ ।

लक्ष्मी पुजाका लागि घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *