Sajhamanch Archive

माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्ष सहित ४० जनाको सामुहिक राजीनामा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by .

शिवसताक्षी । आउदो मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्षसहितको टोलीले पार्टीबाट राजिनामा दिएका छन् ।

पार्टीमा फरक मत राख्दै आएको नगर उपाध्यक्ष प्रेमयाम्फु राई, वाइसीयल नगर अध्यक्ष इन्द्र न्यौपाने, वडाध्यक्ष नेत्र नेम्वाङ्ग, नगर वाइसीयल उपाध्यक्ष गोपाल नेयोङ (जिएन), वाइसीयल नगर उपाध्यक्ष संजिव राईसहित ४० जनाले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्।

पार्टी विधि र पद्धतीबाट नचहली व्यक्ति हावी भएको भन्दै बाध्य भएर पार्टीबाट अलग भएको नगर उपाध्यक्ष प्रेमयाम्फु राईले जानकारी दिए । उनले भने, हामीले ४२ सुत्रीय मागहरु पार्टीमा राखेको लामो समय सम्म पनि पार्टी वेवस्ता गरेकाले बाध्य भएर राजिनामा दिनु परेको हो ।

पार्टीका उपध्यायक्ष राईसहितको टोलीले बदलिदो राजनीतिक परिस्थितिसँग यवा वर्गहरुलाई पछि पार्दै राजीतिक छवि भएकालाई पाखा र गोजीका मानिसलाई माथी पु¥याउने परिपार्टी पार्टीमा विकास हुँदै गएको, कार्यकर्ता विच फुटाउ र आन्तिरिक शक्ति आफुमा निहित बनाउने नेतृत्वको भुमिका रहेकाले पनि पार्टी बसेर काम गर्न नसकिने भएकाले बाध्य भएर यो निर्णयमा पुगेको नगर वाइसीयल उपाध्यक्ष गोपाल नेयोङ (जिएन)ले बताए । उनका अनुसार राजिनामा दिएको टोलीले स्वतन्त्र जीवन विताउने समेत निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *