भ्रममा नपर्न नेकपा माओवादी केन्द्र शिवसताक्षीको आग्रह
Published: (Updated: )
by .विर्तामोड । नेकपा माओवादी केन्द्र शिवसताक्षी नगरबाट सामुहिक जारीनाम शिर्षकको समाचार प्रति केही सदस्यहरुले समाचारप्रति आफ्नो ध्यान केन्द्रित भएको जनाएका छन् । उनीहरुले हाम्रो सहमति नभई मिडियामा सामुहिक राजीनामा नाम परेको भन्दै असमहति जनाएका हुन् ।
उनीहरुले पार्टी चुनावका लागि प्रचार प्रसारमा लागिरहेका बेला यस्तो समाचार आउनु गलत भएको प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।
पार्टीमा भित्र असन्तुष्टी भएपनि छलफल गरिने भन्दै नगर सह सचिब भुवन सेन्दाङ , वाइसीयल अध्यक्ष इन्द्र नेउपाने उपाध्यक्ष सन्जिब राई नगर सचिबालय सदस्य धन कुमार ढकाल , धनेन राईले हस्ताँक्ष्र सहितको प्रेस विज्ञप्ती जारी गरेका छन् । जसमा फिरोज ढकाल खगेन्द्र राई , डम्बर लिम्बू, भिम बहादुर थापा ,सन्तोस काफ्ले (उमाकान्त) आशिष् घिमिरे लगायत छ्न ।
पार्टी चुनावमा लागि रहेका बेला यस्तो हल्ला आउनु गलत भएको नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए । उनले पार्टी भित्रको आन्तरीक समस्या पार्टीले मिलाउने , असन्तुष्ट पक्षले पार्टी भित्र छलफलमा आउनु पर्ने जानकारी दिए । उनले पार्टी एक जुट भएर चुनावमा लागेकाले यस्तो हल्ला पछि नलाग्न समेत सबैमा आग्रह गरे ।
केही दिन अगी असुत्ष्ट पक्ष नेकपा माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्ष प्रेम यम्फु राई सहितको ४० जनाको पार्टीबाट राजिनामा दिएको प्रेस विज्ञप्ती जारी गरेका थिए ।
Comments