उम्मेद्वार साँवाद्वारा मुटु रोगीको उपचार, १६ जनाले नयाँ जीवन पाए
Published:
by .झापा । झापा क्षेत्र नं. ४ का नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेद्वार एलपी साँवा राजनीतिज्ञ मात्र होइनन् । उनी समाजसेवी पनि हुन् । समाज रहेका दुःख पीडाबाट गुज्रएका नागरिकलाई पुन जिवन दिनका लागि हरदम लागि रहेका हुन्छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा आफु सांसद रहेका बेला १६ जना मुटु रोगीको निशुल्क उपचार गरिदिएर पुर्नजीवन दिएका छन् ।
झापाको झापा गाउँपालिका वडा–१ का स्थायी बासिन्दा रणबहादुर लिम्बू दुई दशकदेखि मुटु सम्बन्धि स्वास्थ्य समस्या भोगेका उनी अहिले स्वस्थ भएका छन्। मुुटु रोगको उपचार गरिएपछि आफु स्वस्थ्य भई आफुले गर्दै आएको मातृमाषा गीत लेखन, संगीत र चलचित्र क्षेत्रमा क्रियाशिल रहेको स्वयम लिम्बु बताउँछन् ।
उनले आफु नेपाली कांग्रेसको स्थानीय नेता पनि भएको बताए । उनले भने, मलाई मेरो उपचारमा सहयोग गर्ने भनेर मेरा केही नेताहरू भाषण पनि गरे, काठमाडौं आउ सहयोग गर्छु भने। त्यही आशाले म काठमाडौं पनि पुगेँ तर त्यहाँ पुगेपछि मलाई सहयोग गर्छु भनेर बोलाउनेहरू सवै एकाएक लाखापाखा लागे ।
साँवा सांसदको उम्मेद्वार हुँदा आफूले भोट समेत नहालेको र चिनजान समेत नभएको बताउने लिम्बू आफ्नो जीवन बचाउन भगवान बनेर आएको बताए ।
साँवाले सहयोग गर्नुहुने बताएपछि पहिलो पटक भेट्न काठमाडौं जाँदाको अनुभव सुनाउँदै भने, ‘मैले २२ वर्ष कांग्रेसको झोला बोके, म एउटा कलाकार पनि भएको नाताले उपचारमा सहयोग गर्छु भन्ने आश्वासन पनि दिए । तर म उहाँको विपक्षमा भोट हालेको मान्छेलाई भेटेको २२ मिनेट पनि नभई साँवाले मेरो उपचारको बन्दोबस्ती मिलाई दिनुभयो। अहिलेको जमानामा अर्कोको ज्यान बचाउन यसरी लागि पर्ने मान्छे सांसदको रुपमा पाउनु यस ठाउँका मान्छेको भाग्य पनि हो ।’
रणबहादुरलाई मात्र होइन, झापा १ कै बिनिता डाँगीको जीवनमा पनि साँवाको सहयोगले पुनर्जीवन दिएको छ । सुरुमा हातखुट्टा दुख्ने समस्यालाई बाथ ठानेर उपचार गर्दै जाँदा समस्या झनै बल्झेको थियो ।
झापा र मोरङका विभिन्न अस्पतालमा उपचार गराएपछि बल्ल मुटुको समस्या भएको टुंगो लाग्यो । विनिताले भनिन, ‘मेरो मुटुको भल्वमा समस्या रहेछ, त्यसपछि काठमाडौंमा उपचार भयो । अहिले घरको सवै काम गर्न सक्ने भएको छु ।’ बिनिताको उपचारको सबै व्यवस्था एलपी साँवा लिम्बुले मिलाईदिएको बुवा ईन्द्रबहादुर डाँगीले बताए । आफ्नो परिवारको जीवनमा साँवाको सहयोग तिरिनसक्नु ऋण जस्तो भएको उनको प्रतिक्रिया रहेको छ ।
तत्कालिन सांसद साँवाको पहलमा मुटुरोगी कलिला बालकालिकाहरुले पनि नयाँ जीवन पाएका छन् । शिवसताक्षी–१ का रिकेश मगरलाई जन्मजात मुटु सम्बन्धि समस्या थियो । त्यसको पहिचान भए पनि परिवारको विपन्नताका कारण उपचार सम्भव भएको थिएन। तर जब यो समस्या साँवाले थाहा पाएपछि बालिकाका उपचारको व्यवस्थाप सांसाद साँवाले मिलाईदिनु भएको उपचारका सहयोगी रत्नबहादर थापाले जानकारी दिए । रिकेशको उपचारको सवै व्यवस्था नेता साँवाले मिलाई दिए । थापाले भने, साँवाको यो प्रयासले एउटा विपन्न परिवारको खुसी खोसिनबाट जोगिएको छ ।
शिवसताक्षी–९ की १३ वर्षिया अनिता तामाङको पनि काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा लगेर उपचार भयो । तीन वर्षको हुँदा रोग पहिचान भए पनि उपचार गर्ने सामथ्र्य परिवारसँग थिएन । त्यसैले रोग पाल्न बाध्य तामाङ परिवारको समस्या साँवाले थाह पाउन साथ उपचारको प्रयास गरे । साँवौ प्रयासमा स्वास्थ्य लाभ गरेकी अनिता अहिले सहज रुपमा लेख–पढ गर्न र फुर्सदको समयमा घरको काम सघाउन पनि सक्ने भएकी छन् ।
झापा गाउँपालिकाका मुस्लिम समुदायका मदरसाका शिक्षकको पनि सांसद साँवाले मुटुको उपचार गरिदिएका छन् । झापा गाउँपालिका वडा नं. ४ निवासी शिक्षक साजेबुल अन्सारीको १२ वर्षदेखि मुटुको समस्या रहेको सांसद साँवाको पहलमा उपचार गरी अहिले दैनिक कामकाजमा फर्किएका छन् । साँवाले आफुलाई काठमाण्डौ लगेर उपचार गरिदिएको स्वयम अन्सारी बताउँछन् । अन्सारी लगायत हालसम्म साँवाले १६ जना मुटु रोगीहरुको उपचार गरिदिएका छन् । साँवाले राजनीतिक विना पूर्वाग्रह र विना विभेद उपचार गरिदिएर उनीहरुलाई नयाँ जीवन दिएका हुन् ।
मुटु रोगी भएर लामो समय उपचार नपाएका स्थानीय नागरिकहरु सम्र्पकमा आएकाले मैले आफुले सकेको सहयोग गरेको हाल प्रतिनिधि सभाका उम्मेद्वार एलपी साँवाले जानकारी दिए । उनले आफुले जस पाउनका लागि नभई मानवीय सेवाका लागि काम गरेको उम्मेद्वार साँवाको भनाई छ ।
Comments