Sajhamanch Archive

न्यूयोर्कमा भयानक सडक दुर्घटनाः २० को मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाग्रस्त भएको छ । पुलिसका अनुसार उक्त दुर्घटनामा २० को मृत्यु भएको छ ।

लिमोजिन एउटा लामो गाडी हो जसमा एकसाथ थुप्रै मानिसहरु सवार हुन सक्छन् ।

दुर्घटना शनिबार दिउँसो शोहारी शहरमा भयो । दुर्घटनाग्रस्त लिमोजिन मानिसहरुलाई लिएर एउटा पार्टीमा गइरहेको थियो । गाडीमा सवार सबैको मृत्यु भएको छ भने दुई पैदलयात्रुलाई समेत गाडीले किचेको छ ।

प्रत्यक्षदर्शीका अनुसार एसयूवी–स्टाइलको एक लिमोजिन डिभाइडरसँग ठोक्कियो र अर्को कारसँग पनि ठोक्कियो । त्यसपछि गाडी एउटा पसलको पार्किङमा उभिएका मानिसतर्फ अघि बढ्यो ।

यद्यपी, अहिलेसम्म दुर्घटनाको सही कारण पत्ता लाग्न सकेको छैन ।

मृतकको नाम सार्वजनिक गरिएको छैन तर न्यूयोर्क टाइम्सको खबर अनुसार दुर्घटनामा चार दिदी बहिनी र कम्तीमा दुई नवविवाहित जोडीको मृत्यु भएको छ ।

यसअघि सार्वजनिक भएको खबर अनुसार उक्त कार मानिसहरुलाई लिएर एक विवाह समारोहमा गइरहेको थियो तर पछि सार्वजनिक भएको खबर अनुसार उनीहरु कसैको जन्मदिन पार्टीमा उपस्थित हुन गइरहेका थिए ।

दुर्घटनामा लिमोजिनका ड्राइभरको पनि मृत्यु भएको छ ।

बिल वाटर्सन पनि त्यही समारोहमा जाँदै थिए । उनले दुर्घटनालाई प्रत्यक्ष देखे । एक पत्रिकासँगको कुराकानीमा उनले भने, ‘मलाई विश्वास नै छैन कि यस्तो दुर्घटना पनि हुनसक्छ । यो अत्यधिक भयानक थियो ।’

घटनास्थलमा भएका एक स्थानीय रिपोर्टरले केही तस्बिर र भिडियो ट्वीट गरेका छन् । तस्बिरमा देखिए अनुसार दुर्घटनास्थल नजिकै एउटा स्टोर र क्याफे थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *