स्थानीय जनताका समस्याहरु दीर्घकालिन रुपमा समाधान गर्नेः उम्मेद्वार खनाल
Published:
by .शिवसताक्षी । झापा क्षेत्र नं. ४ का प्रदेश (क)का उम्मेद्वार राधाकृष्ण खनालले नेकपा एमालेले मात्रै देशका लागि उभिने गरेको बताएका छन् ।
चुनावी घरदैलोका क्रममा उनले जब जब देशका संकट आउँछ नेकपा एमाले ठिङ्ग उभिएर आफ्नो देशको देशको रक्षा र नेपालीहरुको स्वाभिमानका लागि लढ्दै आएको बताए । देशका प्रमुख समस्याहरु केपी ओली प्रधान मन्त्री भएको बेला समाधान गरिएको उनको भनाई थियो ।
आज म यस क्षेत्रको उम्मेद्वारको रुपमा उभिएको छु, उनले भने, स्थानीय स्तर रहेका समस्याहरुको दीर्घकालिन रुपमा समाधानका लागि आफुले उम्मेद्वारी दिएको हो ।
घर दैलो कार्यक्रममा उनले जनताका समस्याहरुलाई सुनेर टिपोट समेत गर्दै आएका छन् । आफु यस क्षेत्रको विकास समृद्धिका लागि सँधै जनताको ऋणी भएको भन्दै उनले सूर्य चिन्हमा मतदान गरेर जिताउन समेत आग्रह गरेका छन् । लामो समय यस क्षेत्रमा बसेर राजनीति र समाज सेवाका लागि आफु सदैव लागि रहेको र यस पटक पार्टी टिकट दिएर काम गर्ने अवसर दिएको छ ।उनले भने, त्यसलाई पुरा गर्न तपाईहरुले एक भोट दिएर सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।
यस क्षेत्रमा बाटो, तटबन्धन, खानेपानी, सिचाईको प्रमुख समस्या रहेको उम्मेद्वार खनालको भनाई छ । अघिल्लो निर्वाचनमा निर्वाचित भएर आएका नेताहरुले यस क्षेत्रको निम्ति कनिका छरे जस्तो बजेट निकाशा गर्दा जनता समस्या समाधान नभएको र आफुले त्यस्ता समस्याहरुलाई दीर्घकालिन रुपमा समाधान गर्न चाएको बताए ।
चुनावी घर दैलो निर्वाचन क्षेत्र नं. ४ प्रदेश (क)को शिवसताक्षी नगरपालिका वडा नं. ५ र ६ मा सञ्चालन गरिएको थियो।
Comments