Sajhamanch Archive

पाँच वर्षे कार्यकाल झापा ३ मा विकास चिनाएर विताएः अध्यक्ष लिङ्देन

Published: in राजनीति by .

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा ३ का संघीय संसद पदका उम्मेदवार राजेन्द्रप्रसाद लिङदेनले झापा ३ मा ५ वर्षे सांसदको कार्यकालमा विकास के हो भनेर चिनाएको दावी गरेका छन् ।

भद्रपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङ्देनले नेकपा एमालेको बलियो साथ र विकासप्रतिको लगाव मतदाताले बुझेको कारण निर्वाचन सहजै जित्ने समेत दावी समेत गरे ।

उनले यस क्षेत्रमा पाँच वर्ष राप्रपाको नेतृत्व हुँदा विकासमा कायापटल ल्याएको भन्दै कचनकवल र बाह्रदशीका नागरिकले कालोपत्रे हेर्न भद्रपुर या विहार जानु नपर्ने गरी काम गरेको जिकिर गरेका छन् । उनले ‘पाँच वर्ष अघिको क्षेत्र र अहिलेको क्षेत्रमा आकाश जमिनको अन्तर छ’, भन्दै ‘केही भएन भन्नु गलत रहेको बताए ।
उनले क्षेत्रको विकास र नेपालप्रतिको राष्ट्रवादी भावना नै आफ्नो चुनावी मुद्धा भएको प्रष्ट पार्दै विकाससँगै राजतन्त्र, हिन्दू राज्य स्थापना र संघीयता खारेजी आफ्नो मुख्य एजेण्डा नछोडेको बताएका छन् ।

उनले आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताउँदै जाति, धर्म र संप्रदायको बिरोधीका रूपमा विपक्षीले दुष्प्रचार गरेको भन्दै आपत्ति जनाए । लिङदेनले आफू सवैजातजातिको पहिचानको पक्षमा रहेको भए पनि जनजातिका नाममा एक छाक भात र एक ट्वाग रक्सीको पछि लाग्नेको पक्षमा भने नरहेको बताए ।

उनले हुलाकी सडक, मेची राजमार्गदेखि हात्तीवारसम्मका सवै विकासका काम आफूले नै गरेको दावी गर्दै प्रदेश सभा सदस्य बसन्तकुमार बानियाको पनि सहकार्य रहेको उल्लेख गरे । लिङदेनले गणतन्त्र या राजतन्त्र भनेर अलमलमा पर्नु भन्दा विकासको गति रोज्नु आजको आवश्यकता रहेकै कारण एमालेसित तालमेत गरिएको दावी पेश गरेका छन् ।

उनले अबको ५ वर्ष शिक्षा, स्वाथ्य र कानुनी सेवा निशुल्क गर्न लागि पर्ने भन्दै विकास विरोधीलाई विकासका काम चिनाएरै छोड्ने उल्लेख गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *