Sajhamanch Archive

मंसिर १ गतेबाट भारतीय सीमा नाका बन्द हुने

Published: in विविधा, समाज by .

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते राती १२ बजेबाट भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै सीमा नाकाहरु बन्द हुने जनाएको छ ।

मसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी मंसिर १ गते राती १२ बजे देखि ४ गते राती १२ बजेसम्मलाई सम्पूर्ण नाकाहरु बन्द हुने प्रशासनले एक सूचना मार्फत सबैमा जानकारी गराएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, एवम् भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सीमा नाका बन्द गर्ने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *