Sajhamanch Archive

शिवसताक्षीको विकासका लागि मेरो पहिलो प्राथमिकता रहने छः एलपी साँवा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by .

शिवसताक्षी । झापा निर्वाचन क्षेत्र नं. ४ का विविध समस्याहरुको समाधानका लागि एलपी साँवा लिम्बु दोस्रो पटक प्रतिनिधिसभा सदस्यका रुपमा रही जीतका लागि दौडिएका छन् ।

अघिल्लो निर्वाचनमा निर्वाचित भएर आफुले थालनी गरेका कामहरु कोरोना र सरकारले पाँच वर्ष काम गर्न नपाएका कारण पुरा नभएका योजनाहरु पुरा गर्न मतदाताका माझमा फेरी परीक्षाको घडिमा रहेका छन् ।

मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वारका रुपमा रहेका साँवा यतिबेला मतदाताको घरदैलोमा अन्तिम भेटघाटमा व्यस्त छन् । राप्रपासँगको तालमेल रहेको यस क्षेत्रमा साँवासँगै क्षेत्रनं४ प्रदेश १मा एमालेका राधाकृष्ण खनाल र प्रदेश २ मा राप्रपाका भक्तिप्रसाद सिटौला चुनावी मैदानमा छन् ।

मतदाताका रुपमा रहेका जनताबाट अधिकांश प्रतिनिधीहरुलाई लाग्ने आरोप भनेको चुनाव पछि नेताहरु निर्वाचन क्षेत्रमा फर्किएर आउँदैनन् भन्ने हो । तर यस अघि झापा क्षेत्र नं. ४ बाट निर्वाचित एलपी साँवामा भने केही भिन्न व्यवहार पाएको स्थानीयवासी बताउँछन् । “जहाँ समस्या, त्यहाँ साँवा” भने झैं कुनै पनि समस्याका कारण जनताले खोजी गरेमा तत्काल उपस्थित हुने सांसदका रुपमा नागरिकले साँवालाई विश्वास गरेका छन् । यति हुँदा हुँदै पनि आँफ्नो क्षेत्रमा अझै पनि भनेजस्तो काम गर्न नसकेको स्विकार्दै साँवाले आगामी दिनमा यसको निरन्तरताकालागि पनि आफ्नै उपस्थिती अनवार्य रहेको बताउँदै आएका छन् ।

नदी कटानको समस्या समाधानका लागि होस् वा पुल–कलभर्ट नहँुदा जनताले पाएको सास्तीको समाधानमा साँवा उत्तिनै खटिने गरेका छन् । साँवाको पहल र प्रयासमा भएका योजनाकै कारण नागरिकको जीवन स्तरमा पनि परिवर्तन आएको छ ।

वर्षायाममा दक्षिणी झापा गाउँपालिकाको– ५ वटा डावासीहरुको प्रायः भेट हुन मुस्किल थियो । भेटघाट गर्नका लागि कि त ठुलो जोखिम मोलेरै सानो माई तरेर वारीपारी गर्नुपर्दथ्यो । नभए, २२ किलोमिटरको दुरीमा रहेको सुरुङ्गा बजारमै नपुगि धरै थिएन । तर, अचेल यस्तो समस्या छैन ।

यस क्षेत्रका सांसद एलपी साँवाको सांसद स्थानीय विकास पूर्वाधार कोषको ५५ लाख लागत र स्थानीयको २० प्रतिशत रकम बरावरको जनश्रमदानबाट झापा गाउँपालिका ७ र ६ को विचमा रहेको सानो माइमा बक्स पुल हालिएपछि यस गाउँपालिकाका प्रायः सबै वडा विच नागरिकको आवतजावत गर्न सजिलो भएको बताइएको छ । पुल निर्माणसँगै झापा गाउँपालिका वडा नम्बर १,२,३,६ र ७ नम्बरवासीहरु प्रत्यक्ष लाभान्वित भएका छन् । पुल नहुँदा यस क्षेत्रको गाउँमा बर्खामा एम्बुलेन्स लगायतका अत्यावश्यकीय साधन नजाँदा विरामी तथा विद्यार्थीलाई समेत समस्या हुने गरेको थियो । यस्ता दर्जनौ योजनाहरु साँवाको को पहलमा भएका कारण नागरिकको जीवनशैली समेत सहज बन्दै गएको शिवसताक्षी ३ का कुमार श्रेष्ठले बताए ।

उम्मेद्वार साँवा भन्छन् अघिल्लो निर्वाचनमा निर्वाचित भएपछि विशेष गरी झापा गाउँपालिकामा धेरै काम भएको छ । झापा गाउँपालिकाको दाँजोमा शिवसताक्षी क्षेत्रमा आफ्नो तर्फबाट काम केही कम भएपनि कोरोना र सरकारले निरन्तरता नपाउँदा आफुले चाहे अनुसार काम गर्न नपाएको हो । कोरोनाको चपेटामा नपरेको भए शिवसताक्षी क्षेत्र धेरै काम हुने थियो । उनले भने, यस पटक निर्वाचित भएपछि कामको सुरुवात शिवसताक्षी क्षेत्रबाट गर्ने लक्ष्य लिएको उनको भनाई छ । यो मेरो आफ्नो ठाउँको त्यसैले यहाँका बासिन्दाको जिविको पार्जन र विकासका लागि मेरो पहिलो प्राथमिकता रहने छ ।

झापा क्षेत्र नंं ४ का बासिन्दाका लागि खोला–नदीको कटान र डुबान मुख्य समस्या हो । तर पछिल्ला वर्षहरुका नदी किनारका बासिन्दाले ढुक्कले निदाउन पाएका छन् । कटान र डुवान समस्या समाधानका लागि नदी तटबन्धनको कार्यले स्थानीयबासीहरुलाई ठुलो राहत पुगेको छ । ‘यस भेगको प्रमुख समस्या भनेकै खोला नदी हो, जनताको तटबन्धन कार्यक्रम मार्फत नागरिकले अनुभूती गर्ने गरि काम भएको छ’– गौरीगञ्ज १ का विष्णु राजवंशीले बताए । ।

यस क्षेत्रबाट यस अघि समेत निर्वाचित संघीय सांसद एलपी साँवाको पहल र प्रयासमा मुख्य चुनौतीको रुपमा रहेको नदी कटानको समस्या न्युनीकरण भएको हो । यहाँको तत्कालिन महाभाराको होक्कलबारी र कोरोबारीको आमगाछीमासहित जनताको तटबन्धन कार्यक्रम मार्फत नदी नियन्त्रणको काम भएको स्थानीयवासी बताउँछन् ।

यहाँका कनकाई, बिरिङ, कमल, सानो माई लगायत अन्य साना खोलाहरु यस क्षेत्रका चुनौतीका रुपमा रहेका छन् । दुधे, झरना, बनियानी लगायत खहरे खोलामा आउने बाढीले पनि यस क्षेत्रका नागरिकमा त्रास बढाउछ र क्षती पनि गराउँछ । तर नदी कटानको समस्या समाधान गरि जनता जोगाउनु पर्यो भनेर साँवाले संसदमा आवाज उठाएपछि भने यहाँ तटबन्ध निर्माणले केहि निरन्तरता पाएको छ । जव संसदमा साँवाले यस क्षेत्रका नागरिकको समस्या बोल्न थाले, तवदेखी यहाँका खोलाहरुमा धमाधम बाँध निर्माण हुन थालेका हुन् । साँवाकै पहल र नेतृत्वमा यहाँको कनकाई नदी अन्तर्गत भाकुरबारी–आमगाछी क्षेत्रमा, नदी नियन्त्रणको काम भएको छ । यहि नदीकै रङ्गीयाथान–टप्पुमा पनि बाँध बाँधीएको छ । होकलबारी क्षेत्रमा पनि सानो माईलाई नियन्त्तण गर्ने काम भएको छ । ‘एलपी साँवा माननीय भएपछि यस क्षेत्रको तटबन्धनका लागि मसिनो गरी काम सुरु भएको हो’ शिवसताक्षी नगरपालिकाका उपमेयर नरमाया कार्की भन्छीन् ‘अघिल्लो चुनावमा पराजित भए पनि उहाँले साँसद सरह काम गर्नुभयो । ०७४ मा विजयी भएपछि कामले झन् गति लियो ।’

गौरिगन्ज १, शिवगञ्ज, भेलामुनी, विश्वाडुवाको तटिय क्षेत्रलाई अहिले सुरक्षीत बाँध बाँधेर जोगाउने काम भएको छ । शिवसताक्षी वडा नं ४ , ५ र ६ को क्षेत्र, झापा गाउँपालिकाको बिरिङ नदि क्षेत्र अन्तरगत वडा नं १ , २, ७ मा पनि नदि नियन्त्रण गरिएको छ । बिरिङ नदि अन्तर्गतकै पन्थापाडा– झापागापाको वडा नं. ५, –दुार्गापुर क्षेत्र अर्थात कनकाई १ र ७ मा पनि नदी नियन्त्रणकालागि काम भएको छ । कमल बनियानी नदि अन्तर्गत शिवसताक्षी वडा नं १, २ र ३ मा, सताक्षी खोला वडा नं ६, ८ र ११ मा नदी नियन्त्रण भएकै कारण यहाँका बासिन्दाले सहज जिवनयापन गर्न पाएका छन् ।

केहि वर्षं अघि सम्म वर्षायाममा खोलो बग्ने र हिउँदमा बालुवा उड्ने जमिनमा अहिले लहलह खेती हुन थालेको छ । आफ्नो जमिन खोलाले बगर बनाएपछि उठिबास हुनु पर्ने अवस्थामा पुगेका किसान अहिले खोलो तह लागेपछि भने बाह्रै महिना खेती गरेर आम्दानी लिन थालेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *