Sajhamanch Archive

झापा क्षेत्र नं. ५ को मतदान केन्द्रको सम्पुर्ण तयारी पुरा

Published: in विविधा by .

कमल । भोलि मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागी मतदान स्थलमा मतदान केन्द्रको निर्माण कार्य कतै सम्पन्न भएको छ भने कतै निर्माणको अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झापा क्षेत्र नम्वर ५ (१) अन्तर्गत कमल गाउँपालिका बाट जम्मा ३८ हजार ७ सय ३७ जनाले मतदान गर्न पाउने छन् । त्यसका लागी १३ वटा मतदान स्थल र ४४ वटा मतदान केन्द्र स्थापना गरिएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

निर्वाचनकालागी मतदान स्थालमा मतदान केन्द्रको निर्माण कार्य धमाधम निर्माण हुदैछ जस अन्तर्गत कमल गाउँपालिकामा रहेका मतदान स्थाल मध्ये वडा नम्वर ४ मा रहेको मुजुरट्टा केन्द्रमा निर्माणको काम सम्पन्न भएको छ सो मतदान स्थलमा जम्मा ६ वटा केन्द्र छन् भने सो मतदान केन्द्रमा ५ हजार सातसय २० जना मतदाताले मतदान गर्ने छन् ।

त्यसैगरी वडा नम्वर २ मा रहेको समायगढ स्थालमा ३ वटा केन्द्र रहेका छन् जसमा २ हजार २८६ मतदाताले मतदान गर्ने छन् भने सो केन्द्र बाट२ हजार २८६ जनाले मतदान गर्नेछन् भने सो केन्द्रमा ३ वटा मदतान केन्द्र रहेको (ख) केन्द्रका मतदान अधिकृत तुलसी प्रसाद कोईरालाले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा आउने अपाङ्ग , अशक्त, जेष्ठ नागरिक ,विरामीका लागी मतदान गर्न सहज होस् भनेर योपटक छुट्टै व्यवस्था गरिएको छ । जसकालागी त्यस्ता व्याक्तिलाई प्राथमिकतामा राखेर मतदानमा सहभागी गराईने वाँसवारी मतदान केन्द्र (ग)का मतदान अधिकृत पिताम्वर भण्डारीले बताउनु भयो । सो केन्द्र बाट २ हजार ६ सय ४६ जनाले मतदान गर्नुहुने छ ।

मतदानका समयमा हुन सक्ने विभिन्न समस्यालाई कसरी न्युनिकरण गर्ने र मतदानलाई सफल बनाउने भन्ने विषयमा स्थानिय राजनितीक दलका प्रतिनिधी सग बसेर छलफल गरि सकेका छौ भने मतदान केन्द्रमा उपस्थित भएपछि मतदातालाई मतदान गर्न सहज हुने खालको सम्पुर्ण तयारी पुरा गरिएको कमल गाउँपालिका १ स्थित सरङ्गपाडा मतदान केन्द्र (ख)का मतदान अधिकृत सन्जय ठकुरीले जानकारी दिनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *