Sajhamanch Archive

झापा क्षेत्र नं. ४ मा ६४.४५ र ५ मा ६६.२० प्रतिशत मत खस्यो

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापाको क्षेत्र नं. ४ मा ६४.४५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय सुरुङ्गाले जनाएको छ ।

क्षेत्र नं. ४ कुल मतदाता १लाख २३ हजार ९२३ रहेकोमा ७९ हजार ३६३ मत खसेको हो । जसमा ४१ हजार ४९९ महिला र ३७ हजार ८५० पुरुष मतदाताले मतदान गरेका थिए । झापा क्षेत्र नं. ४ मा ६३ ओटा मतदान स्थल र १४९ ओटा मतदान केन्द्रमा मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी झापा क्षेत्र नं. ५ मा ६६.२० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । कुल १ लाख २ हजार १५० मत खसेकेमा ५३ हजार ३६३ महिला र ४८ हजार ५१७ पुरुष रहेका छन् । झापा क्षेत्र नं. ५ मा १ लाख ५४ हजार २८७ मतदाता रहेका थिए भने ६१ मतदान स्थलमा १७६ मतदान केन्द्रमा मतदान गराइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *