झापा क्षेत्र नं. ४ मा चार हजार बढीको फराकिलो मतान्तर बनाउँदै एमाले
Published: (Updated: )
by .शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेले कांग्रेस सँगको मतान्तर बढाउँदै लगेको छ ।
नेकपा एमालेका प्रनिनिधिसभाका उम्मेद्वार एलपी साँवा लिम्बुले गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार देउमान थेवेलाई ४२७१ मत अन्तरले पछि पार्दै अग्रता कायम राखेका छन् । क्षेत्र नं. ४ को ५४९३५ मत गणना गर्दा साँवाले २०५५२ मत प्राप्त गरेका छन् भने, थेवेले १६२७१ मत प्राप्त गरेको निर्वाचन कार्यलयले जनाएको छ ।
त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सम्भु प्रसाद ढकालले ९२१० पछ्याई रहेका छन् । चौथो नम्बरमा क्रस खुकुरी चिन्हकी स्वतन्त्र उम्मेद्वार खुश्बु ओलीले ३०३६ मत प्राप्त गरेकी छिन् । झापा क्षेत्र नं. ४ मा ७९ हजार ७२६ मत खसेको थियो ।
Comments