Sajhamanch Archive

झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका साँवा विजयी

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद साँवा  लिम्बु  विजयी भएका छन् ।

गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार देउमान थेवेलाई ६८६७ फराकिलो मत अन्तरले पछि पार्दै साँवा विजयी भएका हुन् ।

साँवाले २९३१५ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देउमान थेवेले २२४४८ मत प्राप्त गरेका छन् ।
झापा क्षेत्र नं. ४ मा कुल मतदाता सख्या १ लाख २३ हजार ९२३ मध्ये ७९७२६ मत खसेको थियो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु प्रसाद ढकालले १४०६९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *