Sajhamanch Archive

सिभिल बैंक दूधे शाखाद्वारा छात्रबृत्ति प्रदान

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । सिभिल बैंक लिमिटेड दूधे शाखाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।

शिवसताक्षीको दूधेमा रहेको उक्त बैंकले १२ औं स्थापना दिवसको अवसरमा स्थानीय श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।

शुक्रवार विद्यालयको प्राङ्गणमा बैंकद्वारा आयोजित कार्यक्रमका बीच राष्ट्रिय रमणीय माविमा कक्षा ९मा अध्ययनरत छात्रा हिमाली काफ्लेलाई विद्यालय प्रशासनको सिफारिसमा छात्रवृति प्रदान गरिएको हो । बैंकका शाखा प्रबन्धक रोषन बाबु सुवेदी लगायत कर्मचारीहरुको टोलीले विद्यालयमा पुगेर सो छात्रवृति प्रदान गरेको थियो ।

छात्रबृत्ति प्रदान कार्यक्रममा विद्यालयका प्रअ कालीप्रसाद रिजालले शिभिल बैंक दूधे शाखालाई धन्यवाद दिएका थिए । उनले सबै विद्यार्थीहरुलाई लगनशिल भएर बढ्दा यस्ता कार्यक्रम मार्फत सम्मान पाइने विद्यार्थीहरुलाई सुझाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *