Sajhamanch Archive

समानुपातिकमा पनि पहिलो दल भयो झापामा एमाले

Published: (Updated: ) in राजनीति, विविधा by .

झापा । झापामा समानुपातिक तर्फसमेत एमाले सबैभन्दा पहिलो दल बनेको छ । ५ प्रतिनिधिसभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा एमालेले १ लाख २७ हजार, ७८० मत ल्याएर पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा समेत एमालेले ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामा निर्वाचन जितेको छ ।

यसैगरि नेपाली कांग्रेसले समानुपातिकमा १ लाख ६८६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कांग्रेसले प्रत्यक्षमा समेत १ प्रतिनिधिसभा र २ प्रदेशसभामा निर्वाचन जितेको छ । कांग्रेस जिल्लामा दोस्रो पार्टी बनेको छ । समानुपातिकमा झापामा ७७४४४ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थामा रहेको छ । स्वतन्त्र पार्टीले प्रत्यक्षमा भने निर्वाचन जितेको छैन । यसैगरि राप्रपाले ४६४६६ मतका साथ समानुपातिकमा चौथो दल बनेको छ । प्रत्यक्षमा राप्रपाले १ प्रतिनिधिसभामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र प्रदेशसभामा २ सांसद जितेको छ ।

झापामा समानुपातिकमा माओवादी केन्द्रले ३१६६६ मतका साथ पाचौ दल बनेको छ । यसैगरि संघिय लोकतान्त्रिक राष्ट्रिय मंञ्चले ४७४४ मत, जनता समाजवादी पार्टीले २५५३ मत, मंगोल नेशनल अर्गानेशन पार्टीले ५४१० मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १३७३ मत, नेकपा एसले २९०३ मत, जनमत पार्टीले ३२९२ मत, हाम्रो नेपाल पार्टीले ३१३५ मत, नेपाल कम्युनिष्ट पार्टी माक्शवार्दी लेनिनवादीले १२१० मत, राष्ट्रिय जनमुक्ति पार्टीले ११९३ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *