शिवसताक्षीको दूधेमा चासोक तङ्नाम भव्यताकासाथ मनाइने
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा किराँतहरुको उधौली पर्व चासोक तङ्नाम तथा न्वागीपुजा मनाइएको छ । शिवसताक्षीको दूधे स्थित याक्थुङ नालिफुङ्वा चुम्भोको आयोजनामा शिवसताक्षी ११ दुधे स्थित निर्माणाधिन दूधे रंगशालामा पौष २१ र २२ मनाइने भएको हो ।
प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई विषेश गरी प्रकृति पूजक मानिने किराँत समुदायले मनाउने गर्दछन् । चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ माघरमा नयाँ अन्न बाली भित्र्याइसकेपछि प्रकृतिलाई चढाएर भोगचलन गरे विभिन्न किसिमका शारीरिक समस्याहरू नआउने मान्यता किराँत समुदायमा रहको यस वर्ष पनि चासोक तङनामको आयोजना गरिएको नालिफुङ्वा चुम्भोका अध्यक्ष विरबल जवेगुले बताए ।
पौष २१ गते लिम्बु जातिहरुको च्याब्रुङ प्रदर्शनी र स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक बेजोड प्रस्तुती रहने याक्थुङ नालिफुङ्वा चुम्भोका सचिव भिम लिवाङले जानकारी दिए । उनका अनुसार पौष २२ गते विहान चासोक पुजा, दिउँसो राष्ट्रिय कलाकार अस्मिता अधिकारी, भोवाइस अफ नेपालका दोस्रो स्थान हासिल गरेका विकास तुम्बापोलगायतको प्रस्तुती रहने छ ।
कार्यक्रममा पूर्वका नौ जिल्लाका दशौ हजार पर्यटक भित्र्याउने गरी कार्यक्रम आयोजना गरिएको याक्थुङ नालिफुङ्वा चुम्भोले जनाएको छ ।
कार्यक्रममा उपस्थित हुँदा लिम्बु जातीहरुले आफ्नो मौलिक तथा सांस्कृति भेषभुषमा उपस्थित हुने गरेका छन् ।
आदिमकालमा किराँतीहरूले उत्पादन गरेको विभिन्न अन्नवालीलाई नचढाई खाँदा विभिन्न किसिमका रोगहरू लागेको र पछि चढाएर खाएपछि मात्र सबैको रोग निको भएको ऐतिहासिक तथा सांस्कृतिक मान्यता रहेकाले वर्षेनी अन्नवालीलाई चढाई प्रसादको रुपमा खाएर चासोक तङ्नाम मनाउँदै आएको हो ।
Comments