Sajhamanch Archive

शिवसताक्षीमै दिक्षान्त समारोह गर्ने पहिलो बन्यो भगवती मावि

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले स्काउटको दिक्षान्त समारोह गरेको छ ।

विद्यालयले आज दिक्षान्त समारोह गरी स्काउटको बृत्ति विकासमा योग्तता पुगेका ५२ जना छात्र छात्रालाई नेपाल स्काउट पहिचान विश्व स्काउट पहिचान अंकित व्याज वितरण गरिएको हो । जसमा २९छात्र र २३ छात्रा रहेका छन् । व्याज वितरण विद्यालयका प्रधानाध्यपक रमेशकुमार दाहाल लगायत स्काउटरहरुले गरेका थिए । भगवती मा.वि. स्काउटको दिक्षान्त समारोह गर्ने शिवसताक्षीमा पहिलो विद्यालय बनेको छ ।

दिक्षान्त समारोहमा शिवसताक्षी शिक्षा शाखा प्रमुख छवि ढकालले स्काउटको बृत्ति विकासमा नगरपालिकाले पनि सहयोग पुर्याउने बताए । स्काउटले विद्यालयको क्षमताको बृद्धि र अनुशासित बनाउने भएकाले यो नगरका सबै विद्यालयहरुले अनिवार्य रुपमा गर्नुपर्ने बताए ।

नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना वि.सं. २००९ सालमा भएको थियो ।

नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको बताइएको छ।

कार्यक्रममा नेपाल स्काउट शिवसताक्षी संयोजक डिगम पराजुलीले विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासँग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने यसको उद्देश्य रहेको बताए ।

उनले बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने भएकाले पनि सामुदायिक तथा निजी विद्यालयहरुले अनिवार्य स्काउटका कार्यक्रमहरु लागु गर्ने पर्ने जानकारी दिए ।
स्काउटमा विशेष गरी छात्राहरुलाई विभिन्न तालिम दिई पुरुष स्काउटर जतिकै क्षमता विकास गर्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा पूर्व स्काउटको तर्फबाट शिक्षक नारदमणी न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । दिक्षान्त समारोहमा शिवसताक्षीको विभिन्न विद्यालयहरुबाट १२ जना स्काउटरहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमकको सञ्चालन स्काउटर केदार खनालले गरेका थिए । c

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *